दशैं आयो: दशैं आयो
सँगै आए एक चिम्टी खुसी, एक पित्को उल्लास र भकारी भरीका सपना
घरको छाना छाउने
आङभरी परिवारजनको नयाँ लुगा
दैनिकीले हामीलाइ कवि, लेखक र दार्शनिक बनाउदाेरहेछ । यहाँ जे मनमा अाउँछ तेही लेखिएकाे छ ।
मतगणना दृश्य १
पात्र १
त्यो मत पत्र रामरी देखाउनुस् न तल दोब्रियो । धनुष चिन्हमा अन्तिम कोठामा भोट छ ।
पात्र २
(हा...ई काढ्दै) आँखा दोब्रिएर देखिएन । २ रात भो नसुतेको । यस्तै चाला हो भने भोट गन्न सकिदाँ आफैं चैट हुन बेर छैन । अर्को पात्र अघि बेलुका आउनु पर्ने आएन । त्यसको घरमा मात्र मान्छे विरामी पर्ने हैन होला ।
पात्र ३
यसरी नै गिन्ती चिप्लिएर हाम्रो उम्मेदवारको कम भोट भएको हो । कुनाका कोठा सरहरुको नजरबाट छिप्दो रहेछ ।
पात्र १
के कुरा गर्नुभा? सबै मतपत्र हामी सबैले हेरेकै हो, पाएको मत कराएर पढेकै हो । तेइ कराउँदा स्वर सुकिसक्यो ।
पात्र ३
हैन अघि जस्तै भाको हुनसक्छ, हाम्रो गढ मै कम भोट आयो । जरुर केही भएको छ ।
पात्र २
हैन अघि घुँडा जोडी बसेर सँगै गन्या हैन र? तपाईंले आफैं थुक लगाइ लगाइ मत गनेको हो । बाँकी तपाईँ जान्नुस ।
पात्र ३
सर अघि तपाईले जसरी दोब्रेको देख्नुभएन पक्कै तेस्तै भएको हुनपर्छ । अब सबै दोब्रिएको सिधा बनार फेरि गनम् । नभा हामी बहिस्कार गर्छौं ।
पात्र १
(हा....इ गर्दै) बहिस्कार गर्ने भए म अरु गन्न सक्दिन । ज्यान नै जोखिममा राखेर जागिर खान सकिदैन । ज्यान रहे नै काम हो । जाबो हजार रुप्पेलाई कति गनगन सुन्नु ।
पात्र ३
हो सर यस्तै सोचले हामी पछि परेको । तपाईँले काम रामरी गरे देश उभो लाग्थ्यो नि ।
पात्र २
तिम्रा राम्रा काम नि देखियो । देशाँ यस्ता कार्यकर्ता अनि तिम्रा लाउके नेता हुँदा देश त उभो खै कैले लाग्ला हामी चाँहि उभोँ लाग्छौं बरु ।
(छेउका पास होल्डर)
हैन टाइम कुटाइम के झगडा गरिरा, जसले जिते नि भयो यो गिन्ती सकाम् चाँडै, ग्यास्ट्रिकले बस्नुखानु भा छैन । अहिले रातिको दुई बजिसक्यो ।
पात्र ३
अहँ यो हुन्न पार्टीको हाइकमाण्डको नि यही आदेश छ । अब मत गन्न दिइन्न ।

देवत्वकरण र दानवीकरणका बीचमा नि धेरै छ हजुर
देवता सबै गुण सम्पन्न कुनै खोट लाउन नमिल्ने सबको भलो चाहने । अर्कोतिर दानव सबै नराम्राले भरिएका राम्रो भन्ने केहि नभेटिने । युद्द यी दुवै धारबीच रहिरह्यो, चलिरह्यो । सायद यस्का प्रभाव दैनिक जीवनमा यति रह्यो कि यी दुईका बाहेक अन्य धार नै नरहेको झल्को देखिन थाल्यो ।
कहिलेकाँहि स्टारडम भन्ने कुरो पनि बोझ नै हुँदो रहेछ । सामान्य मान्छेका बदमासी जुन किसिमको सफ्ट कर्नर आम मानिस राख्दछ त्यो चिरपरिचित ब्यक्तिका बारेमा भने उग्र नराम्रो भएर आउँदो रहेछ । सायद यो कुण्ठाको अभिब्यक्ति पनि होला । एक प्रतिष्ठित ब्यक्तिका लागि धेर कुरा सहझ देखिन्छन् । धेर मानिसले चिन्ने, काम फटाफट हुने, लाइन र अप्ठ्यारो परिस्थितिमा गुज्रिनु नपर्ने । यी यस्तै कुरा आम मानिसका मनमा गहिरो गरी बसेका हुन्छन्, जब एक ठाउँ पाइन्छ ती सेलेब्रिटीलाई हदैसम्मको कारवाही होस् भन्ने माग पनि भइहाल्छ ।

मेलम्चीको पानी
मेलम्चीको पानी
पानी मात्र हैन
पानी कै खानी
पानी और जवानी
रुमानी
बाटामा हैरानी स्वास्थ्यमा हानी
मेलम्चीको पानी
धुलोमाण्डु, धुँवामाण्डु, काठमाण्डु
बाटा पखाल्ने पानी
मेलम्चीको पानी
घरघरको कहानी
सस्पेन्स थ्रिलर भरिएको दिलचश्प कहानी
धुलो खलपात्र पानी हिरो
पहिरो
गार्हाे
पानी पानी बनाउने यो पानी
मेलम्चीको पानी
पाइपले नपाएको स्पेस मेलम्चीका पानीले पार्टीका घोषणापत्र रङ्गाए
बाटाका नक्सा बङ्गाए
अल्टिमेट काउण्टडाउन सकिनै लाग्दा
पानी नै नपाइ धुलैले आफ्नै दिनका काउण्ट सकिएला झैं
लहरे खोकी पढेका नदेखेकालाई भुक्तभोगी बनाइ
चार, तीन, दुई अनि एक वर्षे गणित टुङ्गाइ
कहिले खस्ला धाराका टुटीबाट मेलम्ची

स्वाभिमान अन सर्च
फुस्रिएको, ओइलाएको, जगल्ट्याइएको
लाइनमा अगाडि भएर तक्मा पाउनै लाग्दा एकाएक गलहत्याइएको
धपाइएको
अटेरी भएर मुकाबिला गर्दा उछिट्याइएको मेरो स्वाभिमान
जय स्वाभिमान
नसा सुकाएर च्याठ्ठिएर कराउँदा
भिडमा अगाडि उभिएर देश प्रेम दर्शाउँदा
उल्लु, खुसेट, पागलका उपमाहरु बरर बर्सिदाँ
अगाडि ताली र पछि गाली पाउँदा
सहर्ष प्रेमपूर्वक गच्छेले भ्याएसम्म अनुग्रहित हुँदा
विचरा स्वाभिमान बचाउन सकिएन
मुठ्ठीभर मानिसका अधिकारका लागि लड्दा लड्दै
केहीका हक केहीका शोकमा गभ्भिर हुँदै
आँखामा पट्टी बाँधिएकी न्यायमूर्तिलाई चुनौति दिँदै
विधि र ब्यवस्था, आत्मा र शान्तिका लागि
केही लाख लिटर तेल सकाई दीप प्रज्वलन गर्दागर्दै
स्वाभिमान रित्ति सकेछ
आत्मा नबोल्ने, पार्टी विचार हावी भएको पृष्ठपोषित
अध्ययन गरेको ज्ञान नपाएको
बुझ पचाएको, ब्रम्ह हराएको
बाहेकका कोही छौं भने
स्वाभिमान रिफिल गर्नुछ
सुधन सुवेदी

सम्मान भनेको बिदा हो र ?
पृथ्वी जयन्ती आज बिदा छैन । को आउँदा समेत बिदा दिने अनि राष्ट्र निर्माण गर्ने ब्यक्तिको जन्म जयन्तीमा बिदा नदिने राेइलाे ठूलै छ । एकिकरण गर्ने विभूति पृथ्वीनारायण शाहलाई सादर नमन तर सम्मान बिदा मात्र हैन । उनले एकिकरण गरे, देश बनाए । उनलाई सम्झिदा बिदा चाहिने कुरो चाहिँ अपच्य छ । बरु अनेक किसिमका बिदा समेत कटौती गरियोस् । कार्यालय समय ९ देखि ५ बनाएर शनिवार र आइतवार साप्ताहिक बिदा दिइयोस् यसले घुम्ने संस्कृतिलाई मलजल गरी आर्थिक समृद्धिको आधार त बन्थ्याे ।
विदेशीले हामीलाई लेड ब्याक भन्छन् जसको अर्थ कामको तातो नपर्ने । जाम दश बजे कै आसपास हुनुले पनि यसलाई पुष्टि गर्छ कार्यालय दश भन्दा साँढे दशसम्म पुगे नि हुन्छ । कारबाही छैन । न त समयमा आउने पुरस्कृत नै । काम नगर्नेलाई निकाल्न खोज्दा युनियन अनि त्यसलाई भर दिने नेता अनि त के चाहियो । गफका पहाड बनायो बस्यो । हो काम नगर्ने प्रवृत्ति देखिन्छ बिदा को माग हुनुमा ।
मूर्ति पुज्ने अनि तोप पड्काउने र
शालिक ठड्याउने संकुचित सम्मानका दायरालाई भत्काउन अब ढिला गर्न हुँदैन ।

अनि मैले कविता लेखिन
अाँखाका अनन्त सागरमा डुबुल्की मार्दै
गुलाफ र नील गगनमा हराउँदै
पिरतीका घाममा जीवन रूपी बिस्कुन सुकाउँदै
बहकिने
अाकासका तारा खसाउने
माया नै मायाले संसार बसाउने
दुखका पाेका अलि परै बिसाउने
रमाउने, गम्किने,फुर्किने
अाँसु कविकाे भूत चढे सरी एक पछि अर्काे कविता फुराउन खाेज्दा
शान्त तलाउमा ढुङ्गा बनी एक पछि अर्काे घटना नाच्न थाल्दछ
कविता कि नायिका एकाएक खल पात्रमा रूपान्तरित हुन्छे
बाेक्सीकाे उपमा धारण गर्छे
लाैन मेरी नायिकालाइ फिर्ता गरिदेअाे
केही हरफ सकी कविता टुङ्याउनदेअाे
मेरा अनुनय विनय तेसै गएछ
गाउँका बीचमा उनकाे लास झुन्डिएछ।।

काम, माम र नाम
रुपेश ३३ काठमाण्डौं कै स्थानिय हुन् । उनलाई पारिवारिक जमघटमा वा सामाजिक क्रियाकलापमा बिरलै देखिन्छ । भन्छन् मसँग फाल्तु कामका लागि समय नै छैन । साँच्ची नै उनी चौबिसै घण्टा आफ्नो काममा तल्लीन देखिन्छन् । अमेरिकी एक बहुराष्ट्रिय कम्पनीको सफ्टवेयर बनाउने काम, नेपाल कै प्रतिष्ठीत औद्योगिक घरानाको मोबाइल एप्सका प्रोजेक्टहरु सम्पन्न गर्न दिनरात खटिरहेका उनी सहकर्मीहरुसँग छलफल र आइडिया शेयर गर्दैमा समय अपुग भएको बताउँछन् । यता उनका टोलेहरु उनी के गर्छन्, किन घर मै धेरै भेटिन्छन् भनेर थाहापत्तो नपाई बसेका छन् । यिनको प्रगती गर्विलो छ । गाडी आफ्नै कमाइले चढेका छन् । छुट्टी मनाउन बैंकक्, सिङ्गापुर मात्र हैन लण्डनसम्म पनि पुगिसके । अझ महत्वपूर्ण कुरो त उनले खोलेको कम्पनीमा पार्ट टाइमर, प्रोजेक्टका स्टाफ गरी सय कै हाराहारीमा काम गर्दारहेछन् ।
उनी जस्ता धेरै युवाले यहाँ केही गर्न सकिदैंन भने जसरी दिनहुँ विदेशी रहँदा उनले यहींबाट डलर तिरेरै विदेशी समेतलाई काम लगाएका रहेछन् । रुपेशले आइटी क्षेत्रलाई आफ्नो कर्म बनाएको यो छैंठौं वर्ष हो । सुरुका तीन वर्ष अरुका कम्पनीमा काम गरेर पछि आफैं सुरु गरे । वार्षिक राम्रै कमाइ गरिरहेको र राष्ट्रलाई कर उल्लेख्य तिरिरहेको बताउँदा उनको मुहारमा सन्तुष्टी प्रष्ट झल्किन्थ्यो ।

सबैका लागि पर्यटन
पर्यटन दिवसको नारा सबैका लागि पर्यटन रहेको छ। विशेष त यसले संसारभर घुम्न र डुल्ने सहजताको वकालत गर्न खोजेको छ। अलि अघि ह्वीचेयर प्रयोगकर्ताहरुको घुम्दाको नमिठो अनुभव पढ्न पाइएको थियो। ह्वीचेयर प्रयोगकर्ता मैत्री शौचालयको अभावमा उनीहरु घरबाट निस्कदा पानी समेत नपिई निस्किन वाध्य भएका रहेछन्। यस्तै प्रसङ्ग कोट्याउँदा अर्का ब्यक्तिको स्मरण हुन्छ जसको घुँडाबाट तल कृतिम खुट्टा राखिएको थियो। उनले हालसालै एक कार्यक्रममा सुनाए नेपाल आए पछि नुहाउन पाएको छैन। कृतिम खुट्टा नुहाउनु पूर्व निकाल्नुपर्ने र नुहाउँदा हातको साहराले उभिने सुविधा नभएकाले उनी नुहाउनबाट बञ्चित थिए। काठमाण्डौंका नगण्य होटलहरुमा मात्र साह«ै न्यून संख्यामा यस्ता सुविधा भएका कोठाहरु उपलब्ध छन्।
पूरा यहाँ पढम्
पूरा यहाँ पढम्
अलग हुन नयाँ काम थाल्नुपर्छ पुरानालाई गाली हैन
केही अघि स्पेनी सदनमा एक महिला सांसदले आफ्नो बच्चालाई स्तनपान गराउँदै गरेको तस्बिरहरु संचारमाध्यममा प्रकाशित भए, सामाजिक सञ्जालमा त झन् भाइरलै भयो । हाम्रा फेसबुके र ट्वीटेहरुले यी तस्बिरहरु पोष्ट गर्दै आमाको मायामा केही हरफहरु खर्च गरे ।
तस्बिरमा देखिएको पाँच महिने बालक डिएगो र उनकी आमा केरोलिनाका विषयमा संसारभर चर्चा परिचर्चा भइरहे । उनका पक्षमा महिलावादी एक समूहले समर्थन ग¥यो जो उनको मतलाई विशेषत सम्मान गर्न चाहन्थ्यो । केरोलिनाले पनि आफूले सो कदम ती तमाम् महिला जो आफ्नो बच्चा लिएर काममा जान विवश छन् र जसका कार्यालयमा साना बच्चा राख्ने खेलाउने स्थान छैन सो को स्थापनार्थ अभियान सुरु गर्न यो पाइला चालेको भनिन् । निश्चय पनि काम गर्ने महिलाका लागि नेपाल वा विकसित मूलुक स्पेनको स्थितिमा खासै ठूलो भिन्नता छैन । एक महिलाको विभिन्न रुप मध्ये सबैभन्दा पहिलो आमाको भूमिकाका लागि कुनै अरु कार्यले वाधा सृजना गर्ने अवस्था आउन हँुदैन । र सो अप्ठयारो जुनबाट कामकाजी महिला गुर्जिनुपर्ने हुन्छ त्यसको प्रतिनिधित्व त्यो तस्बिर अनि त्योसँग गाँसिएको सन्देशले गर्न चाहेको थियो ।

दिदी शब्द किन नपचेको हो?
दाइ र दिदीको सम्बन्ध लगाएर बोल्नु हाम्रो संस्कृतिको नराम्रो पक्ष नभएर सुन्दर पाटो हो। आज विश्वले आफ्नै दाजुभाइ, दिदीबहिनीलाई पराइ देखिरहँदा हामी सबैलाई आफ्नै परिवारको सदस्य देख्छौं। त्यसमाथि यी सम्बोधन हिउँद कटाइको वरिष्ठताभन्दा धेरै अर्थमा आदरसूचक हुन्। अपरिचितलाई दाइ, दिदी भन्नु त हाम्रो रगतमै छ र यसमा नराम्रो के छ र? अलि विचारणीय कुरो के पनि छ भने उमेरले कान्छो हुँदा पुरुषले दाइ सुन्न सक्छ तर उमेरमा बढी नै भए पनि महिलालाई दिदीको सम्बोधन पाच्य हुँदैन। त्यसमाथि शितलजीलाई त आन्टी नै भनेछन्।

अमेरिका होइन, आ मोरी खा !
'यो त कहाँको अमेरिका हुनु यो त आ मोरी खा हो ।
मरेर काम गर्यो भने बाँच्न सकिन्छ, खान सकिन्छ नभए छैन,' ललितपुरको जाउलाखेलतिर घर भएका तर अमेरिकामा धेरै हिउँद
कटाइसकेका ट्याक्सी चालक दाईको अनुभव हो ।
आफ्नो ३ हप्ते अमेरिकी बसाइ
सकेर घर फर्कनै लाग्दा अर्की दिदीले भावबिह्वल हुँदै भनिन्, 'हामी पनि कहिले होला यसरी नै झिटीगुण्टा कसेर नेपाल फर्किने?'
कुराइ
ॐ हस्पिटल नजिकै चहलपहल थियो ।
महिला, पुरुष दुवैको संख्या उस्तै, पुलिस पनि थिए ।
यसपाली नलि घर जान्न । एक महिला फत्फताउदै । अरु चर्को स्वरमा कराउदै । दृश्य येस्तै कारुनिक । यसकारणले कि यो कुनै सुविधाका लागि जमघट थिएन ।
बेलुका हेर्नलाई तपाईको श्रीमानलाई भन्नुहोला प्रहरीले एक महिलालाई सुनाए । वहाँ त गाउँ जानू भा छ, एक हप्ता अगाडि पनि पाइन, म नै बस्छु रातभरी कुरेर ।
बाड्ने कति नि?
३ लिटर ।
हस्पिटलमा बिरामी कुरुवा भन्दा भिन्न यो कुराई ।
कुरेर नि पाइएला भन्ने कुनै ग्यारण्टी छैन ।
होटलवालाहरुले पुलिससँग कुरा मिलाएर ४ ५ वटा भाँडा राखेका छन् । उनिहरुलाई केई नभन्ने हामीलाई अगाडि बस्न नि दिदैन, घर जाओ पो भन्छ ।
#टोलटोलकोकहानी #मट्टीतेल #हाम्रोनेपालमा #ModiHimalayanBlunder
काठमाण्डौंको युवाको नजरमा मधेसका सवालहरु
भुइचालो गए लगत्तै काठमाण्डौंमा कपाल काट्ने हजाम फेला पार्न मुस्किल थियो । मधेस तिर घर हुने काठमाण्डौंमा जिविकोपार्जनका लागि कपाल काट्दै आएका ती मधेसी दाईहरु घरतरि लागेका थिए सुरक्षित हुन । अहिले स्थिति बेग्लै छ । उत्ता आन्दोलन र धर्नाले जनजिवन प्रभावित छ र तिनै हजाम दाइहरु आफ्ना परिवारलाई काठमाण्डौंमा बोलाउँदैछन् र कैयन्का आई पनि सके । ती मधेसी जो काठमाण्डौंमा आफ्नो भविश्यका लागि जरो गाडेर बसेका छन् तिनलाई आन्दोलन सघाउन घर जाने भन्दा उत्ताका आफन्तलाई यता ल्याउनु वेश लागेको छ । आज हजामको मा जादाँ अलिक फरक दृश्य देखियो । दाईले आफ्नो चिनजानको मान्छेसँग शेयरको फारम भराउन लाउँदै थियो ।
एक लाखको हाल्नेलाई भन्दा पचास हजारको भर्नेलाई फाइदा हुन्छ हैन सर ?
यसपालि हजुरलाई दुःख दिएँ अर्कोपटक छोरीले हेरेर आफै भर्छे ।
सामान्य परिवारमा जन्मेर उता मधेसको जिम्मा दाजुभाइलाई दिएर काठमाण्डौ छिरेका थिए हजाम दाई आजभन्दा बीस वर्ष जति पहिले । उनले कपाल काटेरै दुई ठाउँमा जग्गा जोडेका छन् र एक ठाउँको जग्गा बेचेर घर बनाउने योजना पनि बनाएका थिए । भुइचालो नगएको भए सायद जग हालेर काम सुरु पनि गरिसक्थे । अहिले त ज्याला पनि दोब्बर भयो भन्छन् ।

#अवस्था
पात्र फेरिन्छ पात्रो फेरिन्छ
हात फेरिन्न हालत फेरिन्न
आकास छ आवाज छ आश्वासन नि छ
दिल, दम अनि दाम पो छैन
कम छ काम छैन
मन छ माम छैन
ओबामा थाहा छ बा-आमा पत्तो छैन
सेल्फी हरहमेसा सेल्फलेस्ली कोमामा
फेसबुक र ट्वीटरमा छायौ
घरका छाना छाउॅदा गुगलले नि तिम्लाई भेटेन

दशैं छुट्टीमा कहाँ जाने?
तेल छैन। घर जान सकिएन। दशैं बेहाल भयो भनेर हामी मध्ये धेरै खुइय गरिरहेका होलाउँ। आफ्नो घरमा पुगेर आफन्तजन साथीभाइ भेटेर समय गुजार्नुको मज्जा त अरु केहीले त नदेला तर केही हिडेंर वा साइकलयात्रा गरेर रमाइलो गर्दा बिदाको सदुपयोग पनि हुने र विभिन्न स्थानका विशेषताहरु आफ्नै आँखाले देख्न पनि पाइन्छ।
यो समयमा पर्यटकीय मौसम पनि परेको हुँदा प्रचलित स्थानहरुमा घुँइचो हुने अनि छोटो समयमा तय गरेर हिंड्दा खाना र बासको समस्या पनि पर्ने हुन्छ। नेपालका हरेक कुनाहरु, पहाडहरु र समतल स्थानहरु आफैमा राम्रा गन्तब्य हुन् त्यसकारणले ती मध्ये केही छान्नु भनेको निश्चय नै कठिन कार्य हो।
तल उल्लेख गर्न लागिएको ५ रुटहरु काठमाडाैँबाट साइकलयात्रा र हाइकिङ्ग गर्न उचित हुने स्थानहरु हुन्।
१. काठमाडाैँ–ककनी साइकलयात्रा
साइकलयात्रा सम्पूर्ण शरिरको ब्यायाम गराउने राम्रो उपाय हो। यस मौसममा साइकलयात्राको मज्जा नै बेग्लै हुन्छ। बिहानबेलुका काठमाडाैँ चिसिन थालिसकेको अवस्थामा पसिना निकाल्ने र गर्न रमाइलो हुने ब्यायामका रुपमा साइकलयात्रालाई लिन सकिन्छ।
३० किमी दुरीको यस यात्रामा चित्तआकर्षक हिमाली दृश्य देख्न सकिन्छ। काठमाडाैँ नजिकमा काँठे संस्कृतिको अवलोकनका लागि यो उपर्युक्त छ। मुड्खु भञ्ज्याङ्ग, तीनपिप्ले, ओखरपौवा, काउलेखाना र ककनीका गाउँहरुमा यात्राको थकान मेटिने गाउँले परिवेशको हावापानी पाउन सकिन्छ। ककनीबाट गणेश हिमालदेखि अन्नपूर्ण र धौलागिरि हिमश्रृंखला छर्लङ्गै देखिन्छ।
ऊर्जासङ्कट र युवा अभियान
ययसपालि बढो गज्जबको एकता देखिएको छ। चालक र बटुवाबीचमा, सवारीसाधन हुने र नहुनेबीचमा। समग्रमा नेपालीबीचमा। भलै यो राम्रो सुरुवात काठमाडौंमा मात्रै र तेल अभावले भएको किन नहोस्। यो सहयोगको भावना अत्यन्त सुन्दर छ। बिगतमा जेसिजलगायत लोककल्याणकारी संघसंस्थाको अथक प्रयासका बाबजुद लिफ्ट दिने र माग्ने अभियान सफल हुन सकेको थिएन। आज अभावमा अंकुरण भएको सहयोग र सद्भाव भावना भोलि राम्रा दिनहरुमा अझ उचाइ लिने विश्वास लिन सकिन्छ।
एक सामान्य नेपाली बिहान गएर पेट्रोलको लाइनमा बस्छ। दिन ढल्न लाग्दा पालो आउँछ। तीन लिटर भर्न पाउँदा ठूलो युद्ध जितेसरी घर फिर्छ। घाममा घण्टौं कुरेर बस पाउँदा, चढ्न मात्रै पाउँदा भलै गुन्द्रुक झैं कोचिन किन नपरोस् अर्को नेपालीलाई दशैं नै आएको भान हुन्छ। घरमा चुलो बलिराख्दा सम्म कुनै समस्या नै नभएको मीठो भ्रममा जिउने बानी नै हामीलाई परेको छ।
यी यस्ता सशक्त उदाहरण हुन् जसले आजका दिनमा नेपालीका चाहना पूर्ति गर्न असंम्भव छ भन्ने राजनीतिक नेतृत्वलाई गतिलो झापड दिन्छ। हुन त कमि राजनीतिक नेतृत्वमा मात्र छैन हामीमा पनि छ।
छिमेकलाई गाली गर्दा दरो राष्ट्रवादी ठहरिने मिथ्यामा हामी जिउँछौं। गालीका गोली ओकल्छौं, जसले धुँवाधार गाली गर्छ यो पो नेता यस्ता मान्छे पो हामीलाई चाहिएको भनेर चियागफ गर्छौं। सामाजिक सञ्जालका भित्ता पुरै रङ्गाउँछौं।
के गरे पर्यटन प्रबर्द्धन होला?
झोंछेमा साठीको दशकमा ढोका ढक्ढकाई सेवा माग्ने पर्यटकलाई सेवा दिने व्यवसायीमा आज यस क्षेत्रलाई अघि बढाउने सामर्थ्य मात्र छैन, विकास गर्ने कार्यदिशा पनि छ। बिगतमा केही व्यक्ति र समुदायको अग्रसरतामा चलेको यस उद्योगमा हाल पचहत्तरै जिल्लाका र समग्र जातजातिको प्रतिनिधित्व छ।
प्रबर्द्धन र बजारिकरण यस उद्योगको जीवनरक्त हुन्।
बन्दमा हरियो गाडी बेरोकतोक आवतजावत हुन्छ। बन्द वा आन्दोलन आयोजकमा पनि हरियो नम्बर प्लेटको गाडी र पर्यटकलाई अप्ठ्यारो पार्न हुँदैंन भन्ने चेतनाको विकास भएको छ।
यस्तै नेपाली सेवाभावले जस्तो अवस्थामा पनि नेपाल आउन प्रेरित गरिरहेको छ। उनीहरुको देशले अति आवश्यकीयबाहेक अन्य अवस्थामा नेपाल नजान भन्दाभन्दै पनि नेपाल आउन लालायित हुन्छन्। यस्तो सामीप्यता सबै देशले अन्य देशका नागरिकमा बनाउन सक्दैन।
जापानीको हाम्रो देशसँग विशेष लगाव छ। बीस/पच्चीस पटक नेपाल आइसकेका जापानी धेरै भेटिन्छन्। कोही त सयौं पटक आएका पनि।
भर्खरै गएको भुइँचालोले हामीलाई जति अत्यायो त्यति नै सहयोगका लागि जुटेका अन्तर्राष्ट्रिय हातहरुले हौसाए। योे विभिन्न समयमा ती दयालु अन्तर्राष्ट्रिय समुदायलाई यो देशले र नागरिकले पारेको प्रभाव, माया र आत्मीयताको फल हो। पाहुना भएर आएकालाई मित्र बनाएर पठाउन नेपाल सक्षम छ।
पालमा बसेर महलको सपना
भूकम्पको विध्वंश त पुरानो कुरो नै भयो । धनजनको क्षति त गरायो गरायो सधैभरिको डरको स्थायी बास नि गरायो । यो चाहिं गाह«ो कुरो भो । आयो आयो मै दिन सकिए पछि गर्नु पनि के?
कुरो जोडियो पर्यटकको । यिनलाई नआउनु आइ नै सकेपछि सेवा त दिनुपरो । यही मौकामा प्रचार तित्र्र गर्नुपर्छ भन्ने केही साथीका राय छ जसले गर्दा आगामी सिजनमा देशाँ खैरे आऊन् खर्च गरुन् र केही कमाउन सकियोस् ।
यस सँगै जोडिएको गुदी कुरो त के भने अैले देशा लन्ठिरहेका खैरेले बस्ने बास र खाने माम पाएका छन् कि छैनन् । प्रचार त गर्नपर्छ तर सेवा दिन सक्नेभइसकेपछि । भुइचालोले गिराएको इमारतबाट जहान र बच्चा उम्काउदै पालमा बसिरहेको कारिन्दा काममा आउन सकेको छैन जसले गर्दा खुल्न सक्ने अवस्थाका रेष्टुरा खुलेका छैनन्, खुले पनि पुग्ने गरि सेवा दिन सकेका छैनन् ।
अब यिनलाई कसरी काममा फर्काउने र काम सुरु गर्ने बारेमा छलफल हुनुपरो । भोलि प्रचार पछि धेरै खेरे पक्कै आउलान् तर मसल्ची गाममा खाँबो ठड्याउन, घर छाउन दौडिरहला । यस अवस्थामा यिनका परिवारलाई सुरक्षित राखी खानाबासको ब्यवस्था मुख्य विषय हो । सो यो मिलाउनका खातिर सबै लागेमा पर्यटनलाई पछिसम्मका लागि नै राम्रै होला भनेर लेखिदिएँ ।

परिक्षार्थी छ, प्रश्नपत्र छैन
घण्टी बज्छ । जाँच दिन बस्ने परिक्षार्थीको ढुकढुकी बढ्ने क्षण । आफूले जानेका अनि पढेको कति परे, कति प्रश्न नजान्ने आए भनेर आँखा एक टकले प्रश्नपत्रमा घोरिइने समय । यो त सबै परिक्षाहलमा हुने कथा भो । तर यहाँ कहानीमा ट्वीस्ट छ ।
परिक्षा हलमा बसेको विद्यार्थीले घण्टी बजेर प्रश्नपत्र हात पर्ने बेला थाहा पाउँछ उसको विषयको प्रश्न त परिक्षा केन्द्रमा आएकै रहेनछ । परिक्षा नियन्त्रण कार्यालयबाट खोजबिन गरेपछि पत्तो लाग्छ त्यो विषयको त्रिभुवन विश्वविद्यालयले प्रश्न नै बनाएको रहेनछ ।
<!--more-->
मानविकी स्नात्तकोतर दोस्रो वर्ष 'नाट्य विज्ञान तथा रङ्गमञ्च' विषयको विद्यार्थी विकास घले गुरुङलाई यस्तो सुन्दा जोक जस्तो लाग्ने बिपद परेको हो । अहिले पनिकाले कलेजलाई पढ्ने विषयको बिबरण नपठाएको र कलेजले पनिकालाई प्रश्न नबनाएको भनेर दोषारोपण गरिराख्दा गुरुङ भने के गर्ने भन्ने अन्योलमा छन् ।
स्रोत नयाँ पत्रिका दैनिक, माघ ४, २०६९