ठूला बाइकका तमासा



ठूलो आवाजका साथ बुलेट बाइक छेउबाट हुइँकियो । सम्हालिदैं अगाडि बढें, काठमाण्डौंको सडक उही अनि ट्राफिक जाम पनि उस्तै । अलि पर पुगेपछि अघि हुक्याउँदै हिड्ने सोम सुसेल्दै ट्राफिक बत्ति हरियो हुने समय कुरिरहेको रहेछ, म अलि अगाडि गएर रोकिएँ । अब हेर्नुस त साथी हो बिडम्बना, भटटटट आवाज निकालेर सबैलाई डराउँदैं नागबेली कुदाउने साथीलाई १०० सिसिको मेरो फुच्चे बाइकले भेट्दो त रहेछ । त्यसरी कुदाएर गन्तब्यसम्मै पुग्न सक्ने भए त हुन्थ्यो नि । अनि यी हाम्रा बाटा कस्ता छन् बुझिबुझि बीचबाट छिराएर कुदाउन खोज्ने साथीहरुलाई के भन्नु, त्यस्ता भिमकाय बाइकले खर्च गर्ने तेलको पो माया लाग्यो ।