सडक यात्रा 1




आवागमन नै हुन नसक्ने गरी बाटो जाम, छिचोल्दै अगाडि पुग्दा एउटा मोटरसाइक र कार बीचमा रोकिएको थियो । भएछ के भन्दा मोटरसाइकलले ब्रेक लगाउँदा लगाउँदै गाडीको छेउमा छोएछ र कारमा स्क्रयाच भएछ । अनि त के चाहिन्थ्यो र? कारधनी मुरमुरीदैं निस्केर सबै गाडीको डेन्टीङ्ग पेन्टीङ्ग गर्नुपर्ने बताए पछि बाइकवालाको पनि पारो चढेछ, त्यसपछि फिल्मी मुक्कामुक्की कै दृश्य देखियो ।

यत्रो महाभारत भन्नुको कारण चाहिं सानो सानो कुरामा रिसाउने बानी हो । यस्तै प्रसङ्गमा कुरो चल्दा अमेरिका तिर बस्ने साथीले भन्थ्यो दुई गाडी ठोक्कियो भने भनाभन गर्नेस्थिति देखिदैंन रे  ! त्यहाँ, दुईटा गाडी जुधेर गाडीधनी मुरमरीदै हैन हाँस्दै निस्कन्छन् रे आज त मज्जाको मौसम छ भनेर कुरो पो गर्छन रे । यो हामलाई चाहिं उठ्ने बेफ्वाँकको रीस हाम्रो गरिवी अनि अभाव कै कारण हो त!