पर्यटकका कुरा




हिजो एक एफएमसगँको कुराकानीमा पर्यटकलाई त गाह«ो हुने भयो नि भन्ने आशयको प्रश्न थियो । ३ दिन बस्ने पर्यटकलाई दुख अनि ३० वर्षदेखि यहीं जन्मी, हुर्की बस्ने मलाई बन्दले गरिरहेको छ तपाईंलाई थाहा नै छ । बन्दमा पर्यटकलाई कम्तीमा एअरपोर्टबाट होटेल र होटेलबाट एअरपोर्ट पुग्ने सुनिश्चित गर्ने जिम्मा लिने काम गछौं हामीले तर घरदेखि अफिस पैदल नै गर्दैछु । फोहर नउठ्दा रोग लाग्ला भन्ने डर हाम्लाई हो नि, पर्यटक त नाक थुनेर गैहाल्छ नि ।

बृद्ध सहभागिता




बन्दलाई सफल पार्न गरिएको जुलुस अनि सडकमा आसन जमाएर बसेका ब्यक्तिहरुलाई हेर्दा युवा सहभागिता न्यून देखियो । पहिचानको एजेण्डाले बढी फाइदा हुनु पर्ने ठूलो युवा जमातले यो घाममा सडकमा उर्तिनु बेस मानेन । यिनका समय त अमेरिका कसरी जाने, फर्म भर्ने, यावत प्रक्रियामा नै ब्यस्त छ । अब युवालाई नछुने यस्ता आन्दोलनले के गलार्न अनि कहिलेसम्म गरिरहने?

विष्णुमतिको अलाप




थापाथली पुल आइपुग्दा दुर्गन्ध नाकमा ठोक्कियो । हुन त सँधै त्यो ठाउँमा गन्ध आउँथ्यो, आज हिँड्दा बढी समय ब्यथित भएर होला गन्ध धेरै नमिठो आयो । यो गन्धको माहोलमा एउटा कुरा दिमागमा आइरह्यो–अघि साइकलका हावा फुस्काउने हातहरु खोला सफा बनाउन अनि फोहर फाल्नेलाई खबरदारी गर्नमा उठेका भए क्या काइदा हुने थियो । अनि मन्त्रीहरुलाई यहाँबाट नियमित हिंडाउन पाए त उनीहरुलाई पनि थाहा हुने थिए हाम्रो सभ्यताको स्थिति ।

साइकलको हावा




सक्ने त हिँडे, चाँडै पुग्नु पर्नेहरु साइकलमा थिए । पुल्चोकमा सुसेल्दै सडकमा पहरा दिई रहेका जत्थाले साइकल रोक्दै हावा फुस्कायो । साइकलसवारको अनुनय कसले सुन्थ्यो र! उसले आफ्नो समस्या भन्दै थियो जसको सुनुवाइ भएन । हावा फुस्काएको साइकल डो¥याउँदै रिसले रातो फुलेको अनुहार बनाउँदै ऊ आफ्नो गन्तब्य लाग्यो ।  

बन्द डायरी




फुच्चेको डम्फु

हिजो थापाथली आइपुग्दा जुलुस भेटियो । नारा लगाउँदै हिंडेको उक्त जुलुसको आकर्षण थिए–सानो भाई जसको हातमा डम्फु थियो । उनकै डम्फुको सुरमा सबै जुलुसमा मग्न थिए । त्यो सानो भाइको स्कूल बन्द भएर उसलाई जुलुस रमाइलो भइरहेको थियो । उसको भविश्यको चिन्ता कसले लिने?