प्रधानमन्त्रीलाई पत्र


सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीज्यू आज झोरमहांकाल पुग्नु भएछ । जनतासँग गफ्फिनु भएछ, यसले कुनै हदसम्म नेपालीका नैराश्यतालाई दूर पक्कै गर्छ । वावुराम सर हजुर त इन्जिनियर र आर्थिक सवालमा पनि अग्रणी भएकोले तपाईं माथि अझै म जस्ता धेरैको आशा छ । सँगैको बिहारले दोहोरो अङ्कको बृद्धिदर हाशिल गरिरहेको परिप्रेक्षमा ठूला विकासका परिआयोजनालाई पूरा गर्नुस ।

हामीलाई घर पुग्दा बत्ति, धारामा पानी, अलि फराकिला सडक र सहज आवागमन हुने सार्वजनिक यातायात । महिनाको १० हजार कमाएर ५ हजारको भाडा तिर्नुपर्ने र ५ हजारको खानुपर्ने स्थिति छ, बचतको कुरै छोडौं कसरी खर्च धान्ने भन्ने चिन्ता धेरैको छ । माथि भनेको सबै एकै पटक नहोला तर एउटालाई गर्छु भनेर कम्मर कस्नुस । संविधान नहुँदा मलाई घाटा छ तर यस्ता कुरा जुन नहुँदा मलाई बाँच्न गाह«ो हुन्छ ती धेरै मेरा लागि महत्वपूर्ण छ ।

म एक युवा हुँ । मैले विदेशमा मेट्रो चलेको देख्दा आफ्नो देशमा पनि यस्तै होस् भनेर चिताउनु गल्ती हो त? यसका योजना बनिरहेको सुनेको छु र अहिलेको राजनीतिक अस्थिरताले फेरि यस्तो योजनाले धुलो नै चाट्ने त होइन?  ।

राजनीतिक विषयमा मतभिन्नता हुनु स्वभाविक हो तर आर्थिक विकासका सवालमा त सबैको एकै स्वर छ नि तर किन यसले प्राथमिकता नपाउने ? तपाईँहरु ६०१ ले संविधान दिनुभएन अब आर्थिक एजेण्डा दिनुस हाम्रो साथ छ । संसारमा लिखित संविधान नै त नभएर देश चलेका छन् अनि हाम्रामा चाहिं किन रडाको ?

मेरा टोलका र सँगै पढ्ने साथीहरु बिदेशीदा यहाँ गर्नुछ भनेर बाँधे । बाहिर गर्ने परिश्रम यहीं गर्दा यहीं भविश्य छ भनेर बसें । यो मेरो विचार र अठोट पनि बिस्तारै गल्दै छ । अझै पनि सकारात्मक सोचका साथ अघि त जाँदै छु , तपाईंले आर्थिक प्रगतिका बातावरण बनाउनूस् हामीसँगै छौं ।

तपाईको

सुधन सुवेदी