देवत्वकरण र दानवीकरणका बीचमा नि धेरै छ हजुर

देवता सबै गुण सम्पन्न कुनै खोट लाउन नमिल्ने सबको भलो चाहने । अर्कोतिर दानव सबै नराम्राले भरिएका राम्रो भन्ने केहि नभेटिने । युद्द यी दुवै धारबीच रहिरह्यो, चलिरह्यो । सायद यस्का प्रभाव दैनिक जीवनमा यति  रह्यो कि यी दुईका बाहेक अन्य धार नै नरहेको झल्को देखिन थाल्यो ।

कहिलेकाँहि स्टारडम भन्ने कुरो पनि बोझ नै हुँदो रहेछ । सामान्य मान्छेका बदमासी जुन किसिमको सफ्ट कर्नर आम मानिस राख्दछ त्यो चिरपरिचित ब्यक्तिका बारेमा भने उग्र नराम्रो भएर आउँदो रहेछ । सायद यो कुण्ठाको अभिब्यक्ति पनि होला । एक प्रतिष्ठित ब्यक्तिका लागि धेर कुरा सहझ देखिन्छन् । धेर मानिसले चिन्ने, काम फटाफट हुने, लाइन र अप्ठ्यारो परिस्थितिमा गुज्रिनु नपर्ने । यी यस्तै कुरा आम मानिसका मनमा गहिरो गरी बसेका हुन्छन्, जब एक ठाउँ पाइन्छ ती सेलेब्रिटीलाई हदैसम्मको कारवाही होस् भन्ने माग पनि भइहाल्छ ।