सम्मान भनेको बिदा हो र ?

पृथ्वी जयन्ती आज बिदा छैन । को आउँदा समेत बिदा दिने अनि राष्ट्र निर्माण गर्ने ब्यक्तिको जन्म जयन्तीमा बिदा नदिने  राेइलाे ठूलै छ । एकिकरण गर्ने विभूति पृथ्वीनारायण शाहलाई सादर नमन तर सम्मान बिदा मात्र हैन । उनले एकिकरण गरे, देश बनाए । उनलाई सम्झिदा बिदा चाहिने कुरो चाहिँ अपच्य छ । बरु अनेक किसिमका बिदा समेत कटौती गरियोस् । कार्यालय समय ९ देखि ५ बनाएर शनिवार र आइतवार साप्ताहिक बिदा दिइयोस् यसले घुम्ने संस्कृतिलाई मलजल गरी आर्थिक समृद्धिको आधार त बन्थ्याे ।

विदेशीले हामीलाई लेड ब्याक भन्छन् जसको अर्थ कामको तातो नपर्ने । जाम दश बजे कै आसपास हुनुले पनि यसलाई पुष्टि गर्छ कार्यालय दश भन्दा साँढे दशसम्म पुगे नि हुन्छ । कारबाही छैन । न त समयमा आउने पुरस्कृत नै । काम नगर्नेलाई निकाल्न खोज्दा युनियन अनि त्यसलाई भर दिने नेता अनि त के चाहियो । गफका पहाड बनायो बस्यो । हो काम नगर्ने प्रवृत्ति देखिन्छ बिदा को माग हुनुमा ।

मूर्ति पुज्ने अनि तोप पड्काउने र
शालिक ठड्याउने संकुचित सम्मानका दायरालाई भत्काउन अब ढिला गर्न हुँदैन ।

2 comments:

himalayan traveler said...

"बरु अनेक किसिमका बिदा समेत कटौती गरियोस् । कार्यालय समय ९ देखि ५ बनाएर शनिवार र आइतवार साप्ताहिक बिदा दिइयोस् यसले घुम्ने संस्कृतिलाई मलजल गरी आर्थिक समृद्धिको आधार त बन्थ्याे ।" लेखक सङ्ग एक्हद सम्म सहमत जनाउदै एक दिन छुट्टी धेरै दिदा दिदै हाम्रो देश मा ३६५ दिन पनि कम नहोला भन्न सकिँदैन।
केही महत्वपुर्ण दिन वाहेक अरु दिन काम को लागि छुत्यायाउदा देश को आर्थिक हित होला।
अन्तमा एकिकरण गर्ने विभूति पृथ्वीनारायण शाहको जन्म दिनको सादर सम्झना साहित सुभ कामना!

himalayan traveler said...
This comment has been removed by a blog administrator.