परिक्षार्थी छ, प्रश्नपत्र छैन


घण्टी बज्छ । जाँच दिन बस्ने परिक्षार्थीको ढुकढुकी बढ्ने क्षण । आफूले जानेका अनि पढेको कति परे, कति प्रश्न नजान्ने आए भनेर आँखा एक टकले प्रश्नपत्रमा घोरिइने समय । यो त सबै परिक्षाहलमा हुने कथा भो । तर यहाँ कहानीमा ट्वीस्ट छ ।

परिक्षा हलमा बसेको विद्यार्थीले घण्टी बजेर प्रश्नपत्र हात पर्ने बेला थाहा पाउँछ उसको विषयको प्रश्न त परिक्षा केन्द्रमा आएकै रहेनछ । परिक्षा नियन्त्रण कार्यालयबाट खोजबिन गरेपछि पत्तो लाग्छ त्यो विषयको त्रिभुवन विश्वविद्यालयले प्रश्न नै बनाएको रहेनछ ।
<!--more-->
मानविकी स्नात्तकोतर दोस्रो वर्ष 'नाट्य विज्ञान तथा रङ्गमञ्च' विषयको विद्यार्थी विकास घले गुरुङलाई यस्तो सुन्दा जोक जस्तो लाग्ने बिपद परेको हो । अहिले पनिकाले कलेजलाई पढ्ने विषयको बिबरण नपठाएको र कलेजले पनिकालाई प्रश्न नबनाएको भनेर दोषारोपण गरिराख्दा गुरुङ भने के गर्ने भन्ने अन्योलमा छन् ।

स्रोत नयाँ पत्रिका दैनिक, माघ ४, २०६९