समरपण




नेपालीसँग छैन त धेरै चिज नै...धारामा सफा पानी अनि राति बत्ति पनि । तैपनि धेरै धैर्यता बोकेका हामी नेपाली ८ घण्टा बत्ति गएर आउँदा हुन सम्म कै खुसी हुन्छौ, एउटा युद्ध नै जिते सरि । अघि अध्याँरामा बस्दा सरापेको सबैको भलो नै होस् भन्ने सोच्छौं । एक गाग्री पानीका लागि कोशौं जानु त नित्य नै हो भन्ने ठान्छौं मानौं यो त अप्ठ्यारो केही नभई दैनिकीको अभिन्न अङ्ग । र कोशौं पर पुगेर पानी भरेर घर फिर्दा फेरि अटाइनसक्नुको खुसी....

यो मेरो ब्लग कुनै समाचार वा तथ्य वा आकंडामा आधारित विश्लेषणका लागि होइन । नितान्त बैयक्तिक यस ब्लग म ती साना साना कुरामा हाँस्न सक्ने हाम्रा नेपाली दाजुभाई अनि दिदिबहिनीका लागि समरपण गर्न चाहन्छु् ।