चुरोट माग्ने केटी र बिन्दुकुमारी


चुरोट पिउनु एउटा अम्मल हो, नराम्रो हानी गर्ने, थाहा पाउँदा पाउँदै हामी पिउँछौं । हुन त यस्तो लत कुनै एक ब्यक्ति, लिङ्ग वा समुदायमा मात्रै पर्ने होइन, यसले सबलाई लपेटमा लिन्छ ।
प्रसङ्ग हिजो छाडी अस्तिको हो । साथीहरुसँग बसेर चिया खाइराख्दा ११÷१२ मा पढ्ने केटी पसलमा आएर चुरोट मागी । पसलेले चिनेको हुनुपर्छ, ऊ अलिक हच्कियो र सोध्यो “चुरोट खाने गरेको छ” । “कहिलेकाही”, यो केटीको उत्तर थियो । पसले लाजले रातोपिरो हुँदैथ्यो, केटी सलाई सोध्दै थिई ।उसले सल्काई, आफ्नो धीत मेटी ।

यस्तो सामान्य प्रसङ्ग जहाँतही हुन सक्छ र मैले यहाँ यो उल्लेख गर्नुको पछाडि उपदेशात्मक कुरो लेख्न नभई त्यो पसलेले सामान्य गरी लिन नसकेकामा हो । उमेर पुगेका केटाकेटीले गर्ने क्रियाकलाप र उनीहरुको बानी अरुको टाउको दुखाइ नहुनु पर्ने हो यदि अरुलाई प्रत्उक्ष अप्ठ्यारो पर्दैन भने ।

अर्को प्रसङ्ग, बिन्दुकुमारीको । अर्को सामान्य नाम । तर बाराकी बिन्दुकुमारी ठाकुर अहिले यस संसारमा छैनन् । उनलाई जिउँदै जलाइएको छ । कारण पत्तालागिसकेको छैन र कारक पात्र पर्दा पछाडि नै छन्् । तर अझै हाम्रांमा एअरपोर्टबाटै चेली बलात्कृत हुने, लुटिने अनि घर आँगन मै जलाइएका छन् । सुन्दैमा सिरिङ्ग हुने यी घटनाहरुको माथ्लो प्रसङ्गसँग कुनै सम्बन्ध छैन ।

सोच्नका लागि २ प्रसङ्ग उल्लेख गरेको हुँ ।