काठमाण्डौंको युवाको नजरमा मधेसका सवालहरु

भुइचालो गए लगत्तै काठमाण्डौंमा कपाल काट्ने हजाम फेला पार्न मुस्किल थियो । मधेस तिर घर हुने काठमाण्डौंमा जिविकोपार्जनका लागि कपाल काट्दै आएका ती मधेसी दाईहरु घरतरि लागेका थिए सुरक्षित हुन । अहिले स्थिति बेग्लै छ । उत्ता आन्दोलन र धर्नाले जनजिवन प्रभावित छ र तिनै हजाम दाइहरु आफ्ना परिवारलाई काठमाण्डौंमा बोलाउँदैछन् र कैयन्का आई पनि सके । ती मधेसी जो काठमाण्डौंमा आफ्नो भविश्यका लागि जरो गाडेर बसेका छन् तिनलाई आन्दोलन सघाउन घर जाने भन्दा उत्ताका आफन्तलाई यता ल्याउनु वेश लागेको छ । आज हजामको मा जादाँ अलिक फरक दृश्य देखियो । दाईले आफ्नो चिनजानको मान्छेसँग शेयरको फारम भराउन लाउँदै थियो ।

एक लाखको हाल्नेलाई भन्दा पचास हजारको भर्नेलाई फाइदा हुन्छ हैन सर ?

यसपालि हजुरलाई दुःख दिएँ अर्कोपटक छोरीले हेरेर आफै भर्छे ।


सामान्य परिवारमा जन्मेर उता मधेसको जिम्मा दाजुभाइलाई दिएर काठमाण्डौ छिरेका थिए हजाम दाई आजभन्दा बीस वर्ष जति पहिले । उनले कपाल काटेरै दुई ठाउँमा जग्गा जोडेका छन् र एक ठाउँको जग्गा बेचेर घर बनाउने योजना पनि बनाएका थिए । भुइचालो नगएको भए सायद जग हालेर काम सुरु पनि गरिसक्थे । अहिले त ज्याला पनि दोब्बर भयो भन्छन् ।


मधेसले आज भविश्य अन्धकार देखेको छ । महिनौंदेखिको आन्दोलनको राप अझै सेलाएको छैन । काठमाण्डौंमा तेल ग्याँसको हाहाकार भइसक्यो । यही सन्दर्भ कोट्याइराख्दा मेरो मनमा उठेको सवाल यत्ति हो कि काठमाण्डौंले साँच्चिकै मधेसलाई विभेद नै गरेको हो त ?

अझै पनि काठमाण्डौंका स्कूलहरुमा गणित र बिज्ञान पढाउने शिक्षक मधेसी नै धेरै भेटिन्छन् । सामान्य ब्यक्तिहरु कपाल काटेर, थोरै शिक्षितहरु धारा र बिजुलीको काम गरेर, शिक्षितहरु शिक्षण र अन्य पेशामा भेटिन्छन् । भर्खरै मधेस प्रतिनिधित्व गर्ने ब्यक्ति निवर्तमान भए गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिको सफल कार्यकाल सिध्याएर । अर्का निर्वतमान उपराष्ट्रपति हुँदैछन् । निवर्तमान प्रधानन्यायधिस पनि मधेसी नै थिए । यसरी हेर्ने हो भने देशका उच्च ओहदामा मधेसी भएको÷पुगेको स्पस्ट देखिन्छ ।

राज्यले कुनै कालखण्डमा एकात्मक ब्यवस्थाको प्रबद्र्धन नगरेको हैन । हाल बहुबादमा विश्वास राख्ने ब्यक्तिहरु बहुसंख्यक भएको र संविधानले समेत सिमान्तकृत समूहलाई समेत मूलधारमा ल्याउने ब्यवस्था गरेको हालका दिनमा मधेसी भन्दा अन्य क्षेत्र अझ बढी पिडित देखिन्छन् । भौगोलिक सुगमता र अन्नभण्डार भएको मधेस त देश कै अर्थतन्त्रको गर्भ हो । यसको बिस्तार र प्रबद्र्धनले मात्रै विकास संभव छ ।

कृषि पेशामा आबद्ध ब्यक्तिको बाहुल्यता रहेको यस क्षेत्रमा संभावनाको बिस्तार आवश्यक छ । युग सुहाउँदो प्रविधिको प्रयोग गरेर अपेक्षित लाभ हाशिल गर्न सकिन्छ । बजारसम्मको पहुँचलाई सुदृढ गर्दै अवसरहरुको सृजना गर्न मधेस सक्षम छ । जसरी हातमा सिप भएको र आफ्नो रोजीरोटीको सुनिश्चितता भएको मधेसीलाई आफ्नो घरआँगनमा भइरहेको आन्दोलन भन्दा आफ्नो कर्मक्षेत्र प्यारो भएको छ त्यसरी नै त्यहाँका युवाहरुलाई अध्ययन र सीपार्जन गर्ने मौका दिने हो भने निश्चय नै आजको जस्तो जटिल अजस्था आउने थिएन ।

आज हाम्रो पुस्ताले आफ्नो लागि गर्नुपर्ने आन्दोलनहरु सबै सम्पन्न गरिसकेको छ । मुलकले यी जटिल विषयहरुमा तार्किक विश्लेषण गरी अगाडिको यात्रा तय गर्नुपर्ने हुन्छ जुन आन्दोलनको बाटोबाट पूर्ति हुने सम्भावना कम छ । एउटा पुरै पुस्ताले आन्दोलन सिवाय केही देखेको छैन । विकास र संभावनाको खोजी भइरहेको अनुभव नगर्दै पुस्ता सकिनु किञ्चित राम्रो हैन । एक अध्ययन अनुसार नेपालमा शौचालयको पहुँच भएको जनसंख्या भन्दा मोबाइलको प्रयोग गर्ने बढी देखाएको छ । अब कुर्सीमा बसेकाले यस तथ्याङ्कलाई राम्ररी बुमm्न जरुरी छ । मधेसको पीडा अझै कम भएको छैन । चटपटे बेचेर हजार कमाउनेले पेट्रोलको कालोबजारीबाट दशौं हजार कमाइ पनि रहेका छन् । क्षणिक र दूरगामी नहुने यस्ता ब्यापारहरुले संभावना पनि नदेखाएका हैनन् नि ।

मधेस आफैंमा रणनीतिक स्थानमा अवस्थित छ जसको उपयोग गरेर देशकै अर्थतन्त्रलाई आफ्नो वशमा राख्न यो आफैंमा सक्षम छ । कसैको बुइ चढेर त्यहि अर्थतन्त्रको आधार स्तम्भमा प्रहार गर्ने काम कुनै तर्कले पनि मधेसको पक्षमा हीतकारी हुन सक्दैन । आज आवश्यकता छ त मधेसका आवश्यकताको पूर्नपहिचानको, अर्थ ब्यवस्थामा सहज पहुँचको र बजार बिस्तारको ।

ती हजाम दाईको मिहेनतले जसरी खुल्ला बजारमा प्रतिफल दिएको छ त्यसरी नै साह«ा नेपालीको समृद्धिका लागि मधेस र काठमाण्डौंले सोचोस् । यही दिशामा बार्ता गरोस् ।



No comments: