आज डिसेम्बर २१



माया सभ्यताका अनुसार आज संसार समाप्त हुने दिन । वैज्ञानिक र अनुसन्धानकर्ताहरुले कुनै ग्रह आएर पृथ्वीमा ठोक्किने र विनाश हुने संभावना नरहेको दाबी गरिसकेका छन् । कति साथीहरुले अब आफ्नो अन्तिम पल आएको र बाँचियो भने भेटौंला भन्ने आशयका स्टाटस फेसबुक र अन्य सामाजिक सञ्जालहरुमा लेखेका पनि छन् ।

हुन त बिगतमा पनि यस्ता विनाशकारी दिन नतोकिएका होइनन् तर माया सभ्यताले धेरै अगाडि नै तोकेको दिन भनेर केही सत्यता छ कि भन्ने सबैलाई लागेको हो ।

नेपाली केही टिभी च्यानलहरुले त्यसमाथि डिसेम्बर २० मा रसुवामा सल्केको आगोलाई ज्वालामुखी भनेर समाचार प्रशारण गर्दा कतिको सातोपुत्लो उडेको हुन सक्छ । यस प्रसङ्गलाई हाम्रा मिडिया विश्वशनीयतासँग जोडेर पनि हेर्न सकिन्छ । ब्रेकिङ्ग खबर देखाउने होडबाजीमा बोरा बसबाट खस्दा मान्छे खसेको समाचार पनि त प्रशारित भएका थिए ।