देवत्वकरण र दानवीकरणका बीचमा नि धेरै छ हजुर

देवता सबै गुण सम्पन्न कुनै खोट लाउन नमिल्ने सबको भलो चाहने । अर्कोतिर दानव सबै नराम्राले भरिएका राम्रो भन्ने केहि नभेटिने । युद्द यी दुवै धारबीच रहिरह्यो, चलिरह्यो । सायद यस्का प्रभाव दैनिक जीवनमा यति  रह्यो कि यी दुईका बाहेक अन्य धार नै नरहेको झल्को देखिन थाल्यो ।

कहिलेकाँहि स्टारडम भन्ने कुरो पनि बोझ नै हुँदो रहेछ । सामान्य मान्छेका बदमासी जुन किसिमको सफ्ट कर्नर आम मानिस राख्दछ त्यो चिरपरिचित ब्यक्तिका बारेमा भने उग्र नराम्रो भएर आउँदो रहेछ । सायद यो कुण्ठाको अभिब्यक्ति पनि होला । एक प्रतिष्ठित ब्यक्तिका लागि धेर कुरा सहझ देखिन्छन् । धेर मानिसले चिन्ने, काम फटाफट हुने, लाइन र अप्ठ्यारो परिस्थितिमा गुज्रिनु नपर्ने । यी यस्तै कुरा आम मानिसका मनमा गहिरो गरी बसेका हुन्छन्, जब एक ठाउँ पाइन्छ ती सेलेब्रिटीलाई हदैसम्मको कारवाही होस् भन्ने माग पनि भइहाल्छ ।


हो एक स्टाटस बनाएको, अनुहारले चिनिने वा कामले चिनिने ब्यक्ति त समाजका लागि उदाहरण हुनु पर्ने अनि ती ब्यक्तिको नराम्रा काम झन् अरुका लागि सजायँबाट भाग्ने बहाना हुनसक्छ । प्रकाश ओझाको केस जसरी आयो मानिसहरुले उनी माथि तथानाम मात्र भनेनन् सक्त कारबाहीको चाहना पनि राखे । उनले गरेको जस्तो कार्य आज हरेक दिनका समाचार भई राख्दा उनीमाथि तेही समाज र ब्यक्तिहरु जसले सम्मान र आदर राख्यो आगो भयो । निश्यचय नै उनले गरेका करतूतका लागि उनी सजाँयको भागी हुनै पर्छ तेसमा अर्को कुनै मत छैन तर अर्को ब्यक्ति भन्दा बेग्लै गरी यी मानिसलाई पनि बुझिन हुन्न ।

यसै सन्दर्भमा जोड्न चाहेँ कुलमान सरको नाम । उनी धन्यवादका पात्र हुन् । अध्याँरो चिर्ने ब्यक्ति बनेर आए । उनलाई नि हामी सबैलाई देवता बनाइदियौं । कहिँ केही भइरहेको छैन भन्ने नैराश्य यिनका कामबाट अलि भए नि पाखा लाग्यो ।

मलाई सँधै लाग्ने कुरा एउटै मात्र हो, अधिकारका नाममा लड्दा लड्दै जब अधिकार स्थापित हुन्छ तेतिखेर त्यो अधिकार उपयोग गर्ने छोराछोरी नातिनातिना सँगै नै नभए त्यसको काम केही नहुने भो । तेहीभर युवाशक्तिलाई टिकाइराख्ने चाँजोपाँजो नि मिलाउनुपर्छ ।

हो उनी कुलमान नि त मानव नै हुन् । उनीबाट गरिएका काम माथि प्रश्न नै गर्न नहुने हैन । बद्नियत वा पूर्वाग्राही भएर गरिएका प्रश्न नलिदाँ भो तर प्रश्न गरिँदा नराम्रो भनिहाल्न हुँदैन । फेरि दवत्वकरण गरिराख्दा उनले आफ्नो कुरो राख्ने मौका नि दिनुपर्यो नभए यस्ता प्रश्न कतै न कतै कुनै फोरममा अवश्य उठ्नेछन् तेसालाई बिर्को लगाउने काम नि त गर्नपर्यो ।

खैर यी यायवत् कुरो उठाएर मथिङ्गलमा दवाव दिन खोजिएको हैन । दुई ध्रुव–देवता र दानवका बीच मानव हुन्छन् जसका संख्या धेर हुन्छ र ती मानवसँग दुवै गुण हुन्छन् । अनि मान्छेलाई गुण र दोषको कडीबाट मात्र हेरे भो नि, किन बेकारमा समष्टिगत कुरो गर्नु? 

No comments: