फुस्रिएको, ओइलाएको, जगल्ट्याइएको 
लाइनमा अगाडि भएर तक्मा पाउनै लाग्दा एकाएक गलहत्याइएको
धपाइएको 
अटेरी भएर मुकाबिला गर्दा उछिट्याइएको मेरो स्वाभिमान
जय स्वाभिमान
नसा सुकाएर च्याठ्ठिएर कराउँदा
भिडमा अगाडि उभिएर देश प्रेम दर्शाउँदा
उल्लु, खुसेट, पागलका उपमाहरु बरर बर्सिदाँ
अगाडि ताली र पछि गाली पाउँदा 
सहर्ष प्रेमपूर्वक गच्छेले भ्याएसम्म अनुग्रहित हुँदा
विचरा स्वाभिमान बचाउन सकिएन
मुठ्ठीभर मानिसका अधिकारका लागि लड्दा लड्दै 
केहीका हक केहीका शोकमा गभ्भिर हुँदै
आँखामा पट्टी बाँधिएकी न्यायमूर्तिलाई चुनौति दिँदै 
विधि र ब्यवस्था, आत्मा र शान्तिका लागि 
केही लाख लिटर तेल सकाई दीप प्रज्वलन गर्दागर्दै
स्वाभिमान रित्ति सकेछ
आत्मा नबोल्ने, पार्टी विचार हावी भएको पृष्ठपोषित
अध्ययन गरेको ज्ञान नपाएको
बुझ पचाएको, ब्रम्ह हराएको
बाहेकका कोही छौं भने
स्वाभिमान रिफिल गर्नुछ
सुधन सुवेदी
No comments:
Post a Comment