बन्दका कारण अनेक




४ घण्टे चक्काजाम र उपत्यका बन्द एमालेको युवा संगठनले गरेको छ । बन्द प्रधानमन्त्रीलाई राजिनामा गराउन दबाब स्वरुप गरिएको हो रे । आज अरुणपूर्वका ९ जिल्ला पनि बन्द छ । पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र सङखुवासभामा बन्दको प्रभाव छ । युद्दका क्रममा लिम्बुवान नहारेपछि षड्यन्त्र पूर्वक १८३१ साउन २२ गते लिम्वुवानलाई एकात्मक राज्य सत्ताले गाभेकाले यस दिनलाई हरेक वर्ष कालो दिनको संज्ञा दिएर राष्ट्रिय जनमुक्ति पार्टीले वन्दको आहावन गरेको हो रे ।