छानामा एलिजावेथ


अब बिदेशी हिंड्ने बाटो हुँदा चहलपहल नै बेग्लै थियो चित्लाङ्गको । उबेलाको इष्ट–इण्डिया कम्पनी । तिनले यात्रा गर्दा आफूसँग बन्दोबस्तका सामान त लिएर आए । ठूला टिनका डिब्बामा बिस्कुट र अन्य खाद्य सामग्री ।

तिनले खाएर फालेका ती टिनका डिब्बाबाट नै कैयन् घर छाइएछन् चितलाङ्गमा । रमाइलो कुरो त के भने ती टिनमा त्यो बेलाको संयुक्त अधिराज्य की महारानी एलिजावेथ प्रथमको मुखाकृति पनि छापिएको रहेछ । र तिनै डिब्बाबाट नेपाल आएकी एलिजावेथ प्रथम अझै छानामा सजिरहेकी छिन् ।

बेलायती पर्यटकका लागि एलिजावेथ प्रथमको मुखाकृति नेपालीको छानामा हेर्न पाउनु रमाइलो अनुभव हुने भयो । चित्लाङ्ग हिंडाइंमा हामीसँगै भएका बेलायतीले पनि बढो चाख दिएर सो आकृति हेरिराख्दा २०० वर्ष अगाडिका कुरालाई यसरी प्रस्तुत गर्दा चित्लाङ्गे पर्यटनले अर्को छलाङ्ग मार्ने देखिन्छ ।