अनिल चित्रकारसँग छलफल


http://www.youtube.com/watch?feature=player_embedded&v=9rQRys-BL-o#!

नयाँ कार्यक्रम गर्ने सोच्दा मलाइ जहिले पनि अनिल दाइले भन्नु भएको कुरा याद आउँछ । एक जना मान्छेले सोच्दा अनि गर्दा धेरै सकारात्मक परिवर्तन आउँछ, धेरै मान्छे त रत्नपार्कको रेलिङ्ग भत्काउन मात्र चाहिन्छ, अहिले रत्नपार्कको रेलिङ्ग त छैन तर हामी केही गर्न लागि परेकाछौं । कीर्तिपुरमा हाम्रो एक सामाजिक संस्था छ, जसले बढी मात्रामा युवा केन्द्रित कार्यहरु गर्दछ । यसको नाम कीर्तिपुर स्वर्यसेवक समाज हो । हामीसँग बस्ने, छलफल गर्ने स्थान छ जहाँ हामी प्राय साझँ भेटिन्छौ । अब हाम्रो बसाइलाई बत्तिले प्रभावित नगरोस् भनेर सौर्य उर्जाबाट चल्ने विद्युत प्रणाली जडान गर्ने सोचलाई सार्थक बनाउन रकम सङ्कलन गर्नुपर्ने स्थिति आएको छ । केही कार्यक्रम गरेर रकम सङ्कलन गर्न पाए अझै राम्रो भनेर अनिल चित्रकार दाइसँगको छलफललाई उपयोग गर्ने जमर्को गरेका छौं ।

अनिल चित्रकारको छोटो चिनारीः

सपना देख्ने तर व्यवहारमा उतार्न नसक्ने धेरैको भिडँमा अनिल चित्रकार फरक देखिन्छन् । उनले ग्रामिण क्षेत्रमा सञ्चालन गरेको सौर्य टुकीको अवधारणाले संसारभर प्रसिद्धि पाएको छ । बिजुली नपुगेका  ग्रामिण क्षेत्रमा मट्टीतेल महँगो हुने वा नपाइने कारणले मानिसहरुले बत्तीसमेत बाल्न नसक्ने अवस्था छ । चित्रकारले र्सौय उर्जाबाट टुकी मात्र बालेनन्, रेडियोको ब्याट्र्रीसमेत चार्ज गर्ने व्यवस्था मिलाए। ब्याट्र्री चार्ज गर्न विद्यालय जानुर्पने योजना ल्याएपछि विद्यार्थीहरु विद्यालय जान बाध्य भए। एउटै योजनाले लाखौं ग्रामिण जनतालाई फाइदा पुगेपछि उनले अशोका फेलोसिप, ग्लोबल लिडर्स एवार्ड, टेक म्युजियम एवार्र्ड जस्ता विश्वप्रसिद्ध पुरस्कार जिते। यी पुरस्कारबाट उनले करिब २ करोड रुपैयाँ पाए। अहिले त्यही पुरस्कारबाट आएको आम्दानीले उनी विभिन्न परियोजनामा काम गरिरहेका छन् । चित्रकार नवीकरणीय ऊर्जा,  प्राकृतिक स्रोत संरक्षण एवं मानवीय सम्पदा संरक्षणा विज्ञ पनि हुन्।

उनै अनिल चित्रकार सँगको Idea Sharing Program मा सहभागिता जनाइदिनुहुन अनुरोध छ ।

विषयः Excelling in Changing Nepal(नयाँ नेपालमा समृद्धि तर्फको यात्रा)
मितिः २०६९ जेष्ठ ३१, वुधवार
समयः साझँ ७ देखि ८ बजे, त्यसपछि खाना
स्थानः होटल हिल साइड, कीर्तिपुर
सहयोग रकमः रु ५०० (पाँच सय) खाना सहित