काठमाण्डौंको युवाको नजरमा मधेसका सवालहरु

भुइचालो गए लगत्तै काठमाण्डौंमा कपाल काट्ने हजाम फेला पार्न मुस्किल थियो । मधेस तिर घर हुने काठमाण्डौंमा जिविकोपार्जनका लागि कपाल काट्दै आएका ती मधेसी दाईहरु घरतरि लागेका थिए सुरक्षित हुन । अहिले स्थिति बेग्लै छ । उत्ता आन्दोलन र धर्नाले जनजिवन प्रभावित छ र तिनै हजाम दाइहरु आफ्ना परिवारलाई काठमाण्डौंमा बोलाउँदैछन् र कैयन्का आई पनि सके । ती मधेसी जो काठमाण्डौंमा आफ्नो भविश्यका लागि जरो गाडेर बसेका छन् तिनलाई आन्दोलन सघाउन घर जाने भन्दा उत्ताका आफन्तलाई यता ल्याउनु वेश लागेको छ । आज हजामको मा जादाँ अलिक फरक दृश्य देखियो । दाईले आफ्नो चिनजानको मान्छेसँग शेयरको फारम भराउन लाउँदै थियो ।

एक लाखको हाल्नेलाई भन्दा पचास हजारको भर्नेलाई फाइदा हुन्छ हैन सर ?

यसपालि हजुरलाई दुःख दिएँ अर्कोपटक छोरीले हेरेर आफै भर्छे ।


सामान्य परिवारमा जन्मेर उता मधेसको जिम्मा दाजुभाइलाई दिएर काठमाण्डौ छिरेका थिए हजाम दाई आजभन्दा बीस वर्ष जति पहिले । उनले कपाल काटेरै दुई ठाउँमा जग्गा जोडेका छन् र एक ठाउँको जग्गा बेचेर घर बनाउने योजना पनि बनाएका थिए । भुइचालो नगएको भए सायद जग हालेर काम सुरु पनि गरिसक्थे । अहिले त ज्याला पनि दोब्बर भयो भन्छन् ।