सम्बन्ध डट कम

सम्बन्ध डट कम: बिदाई बिछोड, भेट मिलन सबै दूर भए  दस्तुर तिर्ने सेवा लिने सम्बन्ध टिकाउने तब हात हल्लिने अनि मुस्कान सजाउने

दशैं आयो

दशैं आयो: दशैं आयो

सँगै आए एक चिम्टी खुसी, एक पित्को उल्लास र भकारी भरीका सपना

घरको छाना छाउने

आङभरी परिवारजनको नयाँ लुगा

मतगणना दृश्य १

पात्र १
त्यो मत पत्र रामरी देखाउनुस् न तल दोब्रियो । धनुष चिन्हमा अन्तिम कोठामा भोट छ ।

पात्र २
(हा...ई काढ्दै) आँखा दोब्रिएर देखिएन । २ रात भो नसुतेको । यस्तै चाला हो भने भोट गन्न सकिदाँ आफैं चैट हुन बेर छैन । अर्को पात्र अघि बेलुका आउनु पर्ने आएन । त्यसको घरमा मात्र मान्छे विरामी पर्ने हैन होला ।

पात्र ३
यसरी नै गिन्ती चिप्लिएर हाम्रो उम्मेदवारको कम भोट भएको हो । कुनाका कोठा सरहरुको नजरबाट छिप्दो रहेछ ।

पात्र १
के कुरा गर्नुभा? सबै मतपत्र हामी सबैले हेरेकै हो, पाएको मत कराएर पढेकै हो । तेइ कराउँदा स्वर सुकिसक्यो ।

पात्र ३
हैन अघि जस्तै भाको हुनसक्छ, हाम्रो गढ मै कम भोट आयो । जरुर केही भएको छ ।

पात्र २
हैन अघि घुँडा जोडी बसेर सँगै गन्या हैन र? तपाईंले आफैं थुक लगाइ लगाइ मत गनेको हो । बाँकी तपाईँ जान्नुस ।

पात्र ३
सर अघि तपाईले जसरी दोब्रेको देख्नुभएन पक्कै तेस्तै भएको हुनपर्छ । अब सबै दोब्रिएको सिधा बनार फेरि गनम् । नभा हामी बहिस्कार गर्छौं ।

पात्र १
(हा....इ गर्दै) बहिस्कार गर्ने भए म अरु गन्न सक्दिन । ज्यान नै जोखिममा राखेर जागिर खान सकिदैन । ज्यान रहे नै काम हो । जाबो हजार रुप्पेलाई कति गनगन सुन्नु ।

पात्र ३
हो सर यस्तै सोचले हामी पछि परेको । तपाईँले काम रामरी गरे देश उभो लाग्थ्यो नि ।

पात्र २
तिम्रा राम्रा काम नि देखियो । देशाँ यस्ता कार्यकर्ता अनि तिम्रा लाउके नेता हुँदा देश त उभो खै कैले लाग्ला हामी चाँहि उभोँ लाग्छौं बरु ।

(छेउका पास होल्डर)
हैन टाइम कुटाइम के झगडा गरिरा, जसले जिते नि भयो यो गिन्ती सकाम् चाँडै, ग्यास्ट्रिकले बस्नुखानु भा छैन । अहिले रातिको दुई बजिसक्यो ।

पात्र ३
अहँ यो हुन्न पार्टीको हाइकमाण्डको नि यही आदेश छ । अब मत गन्न दिइन्न ।

देवत्वकरण र दानवीकरणका बीचमा नि धेरै छ हजुर

देवता सबै गुण सम्पन्न कुनै खोट लाउन नमिल्ने सबको भलो चाहने । अर्कोतिर दानव सबै नराम्राले भरिएका राम्रो भन्ने केहि नभेटिने । युद्द यी दुवै धारबीच रहिरह्यो, चलिरह्यो । सायद यस्का प्रभाव दैनिक जीवनमा यति  रह्यो कि यी दुईका बाहेक अन्य धार नै नरहेको झल्को देखिन थाल्यो ।

कहिलेकाँहि स्टारडम भन्ने कुरो पनि बोझ नै हुँदो रहेछ । सामान्य मान्छेका बदमासी जुन किसिमको सफ्ट कर्नर आम मानिस राख्दछ त्यो चिरपरिचित ब्यक्तिका बारेमा भने उग्र नराम्रो भएर आउँदो रहेछ । सायद यो कुण्ठाको अभिब्यक्ति पनि होला । एक प्रतिष्ठित ब्यक्तिका लागि धेर कुरा सहझ देखिन्छन् । धेर मानिसले चिन्ने, काम फटाफट हुने, लाइन र अप्ठ्यारो परिस्थितिमा गुज्रिनु नपर्ने । यी यस्तै कुरा आम मानिसका मनमा गहिरो गरी बसेका हुन्छन्, जब एक ठाउँ पाइन्छ ती सेलेब्रिटीलाई हदैसम्मको कारवाही होस् भन्ने माग पनि भइहाल्छ ।

मेलम्चीको पानी

मेलम्चीको पानी
पानी मात्र हैन
पानी कै खानी
पानी और जवानी
रुमानी
बाटामा हैरानी स्वास्थ्यमा हानी
मेलम्चीको पानी

धुलोमाण्डु, धुँवामाण्डु, काठमाण्डु
बाटा पखाल्ने पानी
मेलम्चीको पानी
घरघरको कहानी
सस्पेन्स थ्रिलर भरिएको दिलचश्प कहानी
धुलो खलपात्र पानी हिरो
पहिरो
गार्हाे
पानी पानी बनाउने यो पानी
मेलम्चीको पानी

पाइपले नपाएको स्पेस मेलम्चीका पानीले पार्टीका घोषणापत्र रङ्गाए
बाटाका नक्सा बङ्गाए
अल्टिमेट काउण्टडाउन सकिनै लाग्दा
पानी नै नपाइ धुलैले आफ्नै दिनका काउण्ट सकिएला झैं
लहरे खोकी पढेका नदेखेकालाई भुक्तभोगी बनाइ
चार, तीन, दुई अनि एक वर्षे गणित टुङ्गाइ
कहिले खस्ला धाराका टुटीबाट मेलम्ची

स्वाभिमान अन सर्च

फुस्रिएको, ओइलाएको, जगल्ट्याइएको
लाइनमा अगाडि भएर तक्मा पाउनै लाग्दा एकाएक गलहत्याइएको
धपाइएको
अटेरी भएर मुकाबिला गर्दा उछिट्याइएको मेरो स्वाभिमान
जय स्वाभिमान

नसा सुकाएर च्याठ्ठिएर कराउँदा
भिडमा अगाडि उभिएर देश प्रेम दर्शाउँदा
उल्लु, खुसेट, पागलका उपमाहरु बरर बर्सिदाँ
अगाडि ताली र पछि गाली पाउँदा
सहर्ष प्रेमपूर्वक गच्छेले भ्याएसम्म अनुग्रहित हुँदा
विचरा स्वाभिमान बचाउन सकिएन

मुठ्ठीभर मानिसका अधिकारका लागि लड्दा लड्दै
केहीका हक केहीका शोकमा गभ्भिर हुँदै
आँखामा पट्टी बाँधिएकी न्यायमूर्तिलाई चुनौति दिँदै
विधि र ब्यवस्था, आत्मा र शान्तिका लागि
केही लाख लिटर तेल सकाई दीप प्रज्वलन गर्दागर्दै
स्वाभिमान रित्ति सकेछ

आत्मा नबोल्ने, पार्टी विचार हावी भएको पृष्ठपोषित
अध्ययन गरेको ज्ञान नपाएको
बुझ पचाएको, ब्रम्ह हराएको
बाहेकका कोही छौं भने
स्वाभिमान रिफिल गर्नुछ

सुधन सुवेदी




सम्मान भनेको बिदा हो र ?

पृथ्वी जयन्ती आज बिदा छैन । को आउँदा समेत बिदा दिने अनि राष्ट्र निर्माण गर्ने ब्यक्तिको जन्म जयन्तीमा बिदा नदिने  राेइलाे ठूलै छ । एकिकरण गर्ने विभूति पृथ्वीनारायण शाहलाई सादर नमन तर सम्मान बिदा मात्र हैन । उनले एकिकरण गरे, देश बनाए । उनलाई सम्झिदा बिदा चाहिने कुरो चाहिँ अपच्य छ । बरु अनेक किसिमका बिदा समेत कटौती गरियोस् । कार्यालय समय ९ देखि ५ बनाएर शनिवार र आइतवार साप्ताहिक बिदा दिइयोस् यसले घुम्ने संस्कृतिलाई मलजल गरी आर्थिक समृद्धिको आधार त बन्थ्याे ।

विदेशीले हामीलाई लेड ब्याक भन्छन् जसको अर्थ कामको तातो नपर्ने । जाम दश बजे कै आसपास हुनुले पनि यसलाई पुष्टि गर्छ कार्यालय दश भन्दा साँढे दशसम्म पुगे नि हुन्छ । कारबाही छैन । न त समयमा आउने पुरस्कृत नै । काम नगर्नेलाई निकाल्न खोज्दा युनियन अनि त्यसलाई भर दिने नेता अनि त के चाहियो । गफका पहाड बनायो बस्यो । हो काम नगर्ने प्रवृत्ति देखिन्छ बिदा को माग हुनुमा ।

मूर्ति पुज्ने अनि तोप पड्काउने र
शालिक ठड्याउने संकुचित सम्मानका दायरालाई भत्काउन अब ढिला गर्न हुँदैन ।

अनि मैले कविता लेखिन

अाँखाका अनन्त सागरमा डुबुल्की मार्दै
गुलाफ र नील गगनमा हराउँदै
पिरतीका घाममा जीवन रूपी  बिस्कुन सुकाउँदै
बहकिने

अाकासका तारा खसाउने
माया नै मायाले संसार बसाउने
दुखका पाेका अलि परै बिसाउने
रमाउने, गम्किने,फुर्किने

अाँसु कविकाे भूत चढे सरी एक पछि अर्काे कविता फुराउन खाेज्दा
शान्त तलाउमा ढुङ्गा बनी एक पछि अर्काे घटना नाच्न थाल्दछ
कविता कि नायिका एकाएक खल पात्रमा रूपान्तरित हुन्छे
बाेक्सीकाे उपमा धारण गर्छे

लाैन मेरी नायिकालाइ फिर्ता गरिदेअाे
केही हरफ सकी कविता टुङ्याउनदेअाे
मेरा अनुनय विनय तेसै गएछ
गाउँका बीचमा उनकाे लास झुन्डिएछ।।



काम, माम र नाम

रुपेश ३३ काठमाण्डौं कै स्थानिय हुन् । उनलाई पारिवारिक जमघटमा वा सामाजिक क्रियाकलापमा बिरलै देखिन्छ । भन्छन् मसँग फाल्तु कामका लागि समय नै छैन । साँच्ची नै उनी चौबिसै घण्टा आफ्नो काममा तल्लीन देखिन्छन् । अमेरिकी एक बहुराष्ट्रिय कम्पनीको सफ्टवेयर बनाउने काम, नेपाल कै प्रतिष्ठीत औद्योगिक घरानाको मोबाइल एप्सका प्रोजेक्टहरु सम्पन्न गर्न दिनरात खटिरहेका उनी सहकर्मीहरुसँग छलफल र आइडिया शेयर गर्दैमा समय अपुग भएको बताउँछन् । यता उनका टोलेहरु उनी के गर्छन्, किन घर मै धेरै भेटिन्छन् भनेर थाहापत्तो नपाई बसेका छन् । यिनको प्रगती गर्विलो छ । गाडी आफ्नै कमाइले चढेका छन् । छुट्टी मनाउन बैंकक्, सिङ्गापुर मात्र हैन लण्डनसम्म पनि पुगिसके । अझ महत्वपूर्ण कुरो त उनले खोलेको कम्पनीमा पार्ट टाइमर, प्रोजेक्टका स्टाफ गरी सय कै हाराहारीमा काम गर्दारहेछन् ।

उनी जस्ता धेरै युवाले यहाँ केही गर्न सकिदैंन भने जसरी दिनहुँ विदेशी रहँदा उनले यहींबाट डलर तिरेरै विदेशी समेतलाई काम लगाएका रहेछन् । रुपेशले आइटी क्षेत्रलाई आफ्नो कर्म बनाएको यो छैंठौं वर्ष हो । सुरुका तीन वर्ष अरुका कम्पनीमा काम गरेर पछि आफैं सुरु गरे । वार्षिक राम्रै कमाइ गरिरहेको र राष्ट्रलाई कर उल्लेख्य तिरिरहेको बताउँदा उनको मुहारमा सन्तुष्टी प्रष्ट झल्किन्थ्यो ।

सबैका लागि पर्यटन

पर्यटन दिवसको नारा सबैका लागि पर्यटन रहेको छ। विशेष त यसले संसारभर घुम्न र डुल्ने सहजताको वकालत गर्न खोजेको छ। अलि अघि ह्वीचेयर प्रयोगकर्ताहरुको घुम्दाको नमिठो अनुभव पढ्न पाइएको थियो। ह्वीचेयर प्रयोगकर्ता मैत्री शौचालयको अभावमा उनीहरु घरबाट निस्कदा पानी समेत नपिई निस्किन वाध्य भएका रहेछन्। यस्तै प्रसङ्ग कोट्याउँदा अर्का ब्यक्तिको स्मरण हुन्छ जसको घुँडाबाट तल कृतिम खुट्टा राखिएको थियो। उनले हालसालै एक कार्यक्रममा सुनाए नेपाल आए पछि नुहाउन पाएको छैन। कृतिम खुट्टा नुहाउनु पूर्व निकाल्नुपर्ने र नुहाउँदा हातको साहराले उभिने सुविधा नभएकाले उनी नुहाउनबाट बञ्चित थिए। काठमाण्डौंका नगण्य होटलहरुमा मात्र साह«ै न्यून संख्यामा यस्ता सुविधा भएका कोठाहरु उपलब्ध छन्।

पूरा यहाँ पढम्

अलग हुन नयाँ काम थाल्नुपर्छ पुरानालाई गाली हैन

केही अघि स्पेनी सदनमा एक महिला सांसदले आफ्नो बच्चालाई स्तनपान गराउँदै गरेको तस्बिरहरु संचारमाध्यममा प्रकाशित भए, सामाजिक सञ्जालमा त झन् भाइरलै भयो । हाम्रा फेसबुके र ट्वीटेहरुले यी तस्बिरहरु पोष्ट गर्दै आमाको मायामा केही हरफहरु खर्च गरे ।


तस्बिरमा देखिएको पाँच महिने बालक डिएगो र उनकी आमा केरोलिनाका विषयमा संसारभर चर्चा परिचर्चा भइरहे । उनका पक्षमा महिलावादी एक समूहले समर्थन ग¥यो जो उनको मतलाई विशेषत सम्मान गर्न चाहन्थ्यो । केरोलिनाले पनि आफूले सो कदम ती तमाम् महिला जो आफ्नो बच्चा लिएर काममा जान विवश छन् र जसका कार्यालयमा साना बच्चा राख्ने खेलाउने स्थान छैन सो को स्थापनार्थ अभियान सुरु गर्न यो पाइला चालेको भनिन् । निश्चय पनि काम गर्ने महिलाका लागि नेपाल वा विकसित मूलुक स्पेनको स्थितिमा खासै ठूलो भिन्नता छैन । एक महिलाको विभिन्न रुप मध्ये सबैभन्दा पहिलो आमाको भूमिकाका लागि कुनै अरु कार्यले वाधा सृजना गर्ने अवस्था आउन हँुदैन । र सो अप्ठयारो जुनबाट कामकाजी महिला गुर्जिनुपर्ने हुन्छ त्यसको प्रतिनिधित्व त्यो तस्बिर अनि त्योसँग गाँसिएको सन्देशले गर्न चाहेको थियो ।

दिदी शब्द किन नपचेको हो?

दाइ र दिदीको सम्बन्ध लगाएर बोल्नु हाम्रो संस्कृतिको नराम्रो पक्ष नभएर सुन्दर पाटो हो। आज विश्वले आफ्नै दाजुभाइ, दिदीबहिनीलाई पराइ देखिरहँदा हामी सबैलाई आफ्नै परिवारको सदस्य देख्छौं। त्यसमाथि यी सम्बोधन हिउँद कटाइको वरिष्ठताभन्दा धेरै अर्थमा आदरसूचक हुन्। अपरिचितलाई दाइ, दिदी भन्नु त हाम्रो रगतमै छ र यसमा नराम्रो के छ र? अलि विचारणीय कुरो के पनि छ भने उमेरले कान्छो हुँदा पुरुषले दाइ सुन्न सक्छ तर उमेरमा बढी नै भए पनि महिलालाई दिदीको सम्बोधन पाच्य हुँदैन। त्यसमाथि शितलजीलाई त आन्टी नै भनेछन्।

दाइ र दिदीको सम्बन्ध लगाएर बोल्नु हाम्रो संस्कृतिको नराम्रो पक्ष नभएर सुन्दर पाटो हो। आज विश्वले आफ्नै दाजुभाइ, दिदीबहिनीलाई पराइ देखिरहँदा हामी सबैलाई आफ्नै परिवारको सदस्य देख्छौं। त्यसमाथि यी सम्बोधन हिउँद कटाइको वरिष्ठताभन्दा धेरै अर्थमा आदरसूचक हुन्। अपरिचितलाई दाइ, दिदी भन्नु त हाम्रो रगतमै छ र यसमा नराम्रो के छ र? अलि विचारणीय कुरो के पनि छ भने उमेरले कान्छो हुँदा पुरुषले दाइ सुन्न सक्छ तर उमेरमा बढी नै भए पनि महिलालाई दिदीको सम्बोधन पाच्य हुँदैन। त्यसमाथि शितलजीलाई त आन्टी नै भनेछन्।

पूरा यहाँ पढम्

अमेरिका होइन, आ मोरी खा !

'यो त कहाँको अमेरिका हुनु यो त आ मोरी खा हो । मरेर काम गर्‍यो भने बाँच्न सकिन्छ, खान सकिन्छ नभए छैन,' ललितपुरको जाउलाखेलतिर घर भएका तर अमेरिकामा धेरै हिउँद कटाइसकेका ट्याक्सी चालक दाईको अनुभव हो ।

आफ्नो ३ हप्ते अमेरिकी बसाइ सकेर घर फर्कनै लाग्दा अर्की दिदीले भावबिह्वल हुँदै भनिन्, 'हामी पनि कहिले होला यसरी नै झिटीगुण्टा कसेर नेपाल फर्किने?'



कुराइ

ॐ हस्पिटल नजिकै चहलपहल थियो ।
महिला, पुरुष दुवैको संख्या उस्तै, पुलिस पनि थिए ।
यसपाली नलि घर जान्न । एक महिला फत्फताउदै । अरु चर्को स्वरमा कराउदै । दृश्य येस्तै कारुनिक । यसकारणले कि यो कुनै सुविधाका लागि जमघट थिएन ।
बेलुका हेर्नलाई तपाईको श्रीमानलाई भन्नुहोला प्रहरीले एक महिलालाई सुनाए । वहाँ त गाउँ जानू भा छ, एक हप्ता अगाडि पनि पाइन, म नै बस्छु रातभरी कुरेर ।
बाड्ने कति नि?
३ लिटर ।
हस्पिटलमा बिरामी कुरुवा भन्दा भिन्न यो कुराई ।
कुरेर नि पाइएला भन्ने कुनै ग्यारण्टी छैन ।
होटलवालाहरुले पुलिससँग कुरा मिलाएर ४ ५ वटा भाँडा राखेका छन् । उनिहरुलाई केई नभन्ने हामीलाई अगाडि बस्न नि दिदैन, घर जाओ पो भन्छ ।
#टोलटोलकोकहानी #मट्टीतेल #हाम्रोनेपालमा #ModiHimalayanBlunder

काठमाण्डौंको युवाको नजरमा मधेसका सवालहरु

भुइचालो गए लगत्तै काठमाण्डौंमा कपाल काट्ने हजाम फेला पार्न मुस्किल थियो । मधेस तिर घर हुने काठमाण्डौंमा जिविकोपार्जनका लागि कपाल काट्दै आएका ती मधेसी दाईहरु घरतरि लागेका थिए सुरक्षित हुन । अहिले स्थिति बेग्लै छ । उत्ता आन्दोलन र धर्नाले जनजिवन प्रभावित छ र तिनै हजाम दाइहरु आफ्ना परिवारलाई काठमाण्डौंमा बोलाउँदैछन् र कैयन्का आई पनि सके । ती मधेसी जो काठमाण्डौंमा आफ्नो भविश्यका लागि जरो गाडेर बसेका छन् तिनलाई आन्दोलन सघाउन घर जाने भन्दा उत्ताका आफन्तलाई यता ल्याउनु वेश लागेको छ । आज हजामको मा जादाँ अलिक फरक दृश्य देखियो । दाईले आफ्नो चिनजानको मान्छेसँग शेयरको फारम भराउन लाउँदै थियो ।

एक लाखको हाल्नेलाई भन्दा पचास हजारको भर्नेलाई फाइदा हुन्छ हैन सर ?

यसपालि हजुरलाई दुःख दिएँ अर्कोपटक छोरीले हेरेर आफै भर्छे ।


सामान्य परिवारमा जन्मेर उता मधेसको जिम्मा दाजुभाइलाई दिएर काठमाण्डौ छिरेका थिए हजाम दाई आजभन्दा बीस वर्ष जति पहिले । उनले कपाल काटेरै दुई ठाउँमा जग्गा जोडेका छन् र एक ठाउँको जग्गा बेचेर घर बनाउने योजना पनि बनाएका थिए । भुइचालो नगएको भए सायद जग हालेर काम सुरु पनि गरिसक्थे । अहिले त ज्याला पनि दोब्बर भयो भन्छन् ।