‪#‎अवस्था‬

पात्र फेरिन्छ पात्रो फेरिन्छ
हात फेरिन्न हालत फेरिन्न
आकास छ आवाज छ आश्वासन नि छ
दिल, दम अनि दाम पो छैन
कम छ काम छैन
मन छ माम छैन
ओबामा थाहा छ बा-आमा पत्तो छैन
सेल्फी हरहमेसा सेल्फलेस्ली कोमामा
फेसबुक र ट्वीटरमा छायौ
घरका छाना छाउॅदा गुगलले नि तिम्लाई भेटेन

दशैं छुट्टीमा कहाँ जाने?

तेल छैन। घर जान सकिएन। दशैं बेहाल भयो भनेर हामी मध्ये धेरै खुइय गरिरहेका होलाउँ। आफ्नो घरमा पुगेर आफन्तजन साथीभाइ भेटेर समय गुजार्नुको मज्जा त अरु केहीले त नदेला तर केही हिडेंर वा साइकलयात्रा गरेर रमाइलो गर्दा बिदाको सदुपयोग पनि हुने र विभिन्न स्थानका विशेषताहरु आफ्नै आँखाले देख्न पनि पाइन्छ। 
 
यो समयमा पर्यटकीय मौसम पनि परेको हुँदा प्रचलित स्थानहरुमा घुँइचो हुने अनि छोटो समयमा तय गरेर हिंड्दा खाना र बासको समस्या पनि पर्ने हुन्छ। नेपालका हरेक कुनाहरु, पहाडहरु र समतल स्थानहरु आफैमा राम्रा गन्तब्य हुन् त्यसकारणले ती मध्ये केही छान्नु भनेको निश्चय नै कठिन कार्य हो। 
 
तल उल्लेख गर्न लागिएको ५ रुटहरु काठमाडाैँबाट साइकलयात्रा र हाइकिङ्ग गर्न उचित हुने स्थानहरु हुन्।
 
१. काठमाडाैँ–ककनी साइकलयात्रा
 
साइकलयात्रा सम्पूर्ण शरिरको ब्यायाम गराउने राम्रो उपाय हो। यस मौसममा साइकलयात्राको मज्जा नै बेग्लै हुन्छ। बिहानबेलुका काठमाडाैँ चिसिन थालिसकेको अवस्थामा पसिना निकाल्ने र गर्न रमाइलो हुने ब्यायामका रुपमा साइकलयात्रालाई लिन सकिन्छ। 
 
३० किमी दुरीको यस यात्रामा चित्तआकर्षक हिमाली दृश्य देख्न सकिन्छ। काठमाडाैँ नजिकमा काँठे संस्कृतिको अवलोकनका लागि यो उपर्युक्त छ। मुड्खु भञ्ज्याङ्ग, तीनपिप्ले, ओखरपौवा, काउलेखाना र ककनीका गाउँहरुमा यात्राको थकान मेटिने गाउँले परिवेशको हावापानी पाउन सकिन्छ। ककनीबाट गणेश हिमालदेखि अन्नपूर्ण र धौलागिरि हिमश्रृंखला छर्लङ्गै देखिन्छ। 

ऊर्जासङ्कट र युवा अभियान

यसपालि बढो गज्जबको एकता देखिएको छ। चालक र बटुवाबीचमा, सवारीसाधन हुने र नहुनेबीचमा। समग्रमा नेपालीबीचमा। भलै यो राम्रो सुरुवात काठमाडौंमा मात्रै र तेल अभावले भएको किन नहोस्। यो सहयोगको भावना अत्यन्त सुन्दर छ। बिगतमा जेसिजलगायत लोककल्याणकारी संघसंस्थाको अथक प्रयासका बाबजुद लिफ्ट दिने र माग्ने अभियान सफल हुन सकेको थिएन। आज अभावमा अंकुरण भएको सहयोग र सद्भाव भावना भोलि राम्रा दिनहरुमा अझ उचाइ लिने विश्वास लिन सकिन्छ।
एक सामान्य नेपाली बिहान गएर पेट्रोलको लाइनमा बस्छ। दिन ढल्न लाग्दा पालो आउँछ। तीन लिटर भर्न पाउँदा ठूलो युद्ध जितेसरी घर फिर्छ। घाममा घण्टौं कुरेर बस पाउँदा, चढ्न मात्रै पाउँदा भलै गुन्द्रुक झैं कोचिन किन नपरोस् अर्को नेपालीलाई दशैं नै आएको भान हुन्छ। घरमा चुलो बलिराख्दा सम्म कुनै समस्या नै नभएको मीठो भ्रममा जिउने बानी नै हामीलाई परेको छ।
यी यस्ता सशक्त उदाहरण हुन् जसले आजका दिनमा नेपालीका चाहना पूर्ति गर्न असंम्भव छ भन्ने राजनीतिक नेतृत्वलाई गतिलो झापड दिन्छ। हुन त कमि राजनीतिक नेतृत्वमा मात्र छैन हामीमा पनि छ।
छिमेकलाई गाली गर्दा दरो राष्ट्रवादी ठहरिने मिथ्यामा हामी जिउँछौं। गालीका गोली ओकल्छौं, जसले धुँवाधार गाली गर्छ यो पो नेता यस्ता मान्छे पो हामीलाई चाहिएको भनेर चियागफ गर्छौं। सामाजिक सञ्जालका भित्ता पुरै रङ्गाउँछौं।

के गरे पर्यटन प्रबर्द्धन होला?

झोंछेमा साठीको दशकमा ढोका ढक्ढकाई सेवा माग्ने पर्यटकलाई सेवा दिने व्यवसायीमा आज यस क्षेत्रलाई अघि बढाउने सामर्थ्य मात्र छैन, विकास गर्ने कार्यदिशा पनि छ। बिगतमा केही व्यक्ति र समुदायको अग्रसरतामा चलेको यस उद्योगमा हाल पचहत्तरै जिल्लाका र समग्र जातजातिको प्रतिनिधित्व छ।
 
प्रबर्द्धन र बजारिकरण यस उद्योगको जीवनरक्त हुन्।
 
बन्दमा हरियो गाडी बेरोकतोक आवतजावत हुन्छ। बन्द वा आन्दोलन आयोजकमा पनि हरियो नम्बर प्लेटको गाडी र पर्यटकलाई अप्ठ्यारो पार्न हुँदैंन भन्ने चेतनाको विकास भएको छ।
 
यस्तै नेपाली सेवाभावले जस्तो अवस्थामा पनि नेपाल आउन प्रेरित गरिरहेको छ। उनीहरुको देशले अति आवश्यकीयबाहेक अन्य अवस्थामा नेपाल नजान भन्दाभन्दै पनि नेपाल आउन लालायित हुन्छन्। यस्तो सामीप्यता सबै देशले अन्य देशका नागरिकमा बनाउन सक्दैन।
 
जापानीको हाम्रो देशसँग विशेष लगाव छ। बीस/पच्चीस पटक नेपाल आइसकेका जापानी धेरै भेटिन्छन्। कोही त सयौं पटक आएका पनि।
 
भर्खरै गएको भुइँचालोले हामीलाई जति अत्यायो त्यति नै सहयोगका लागि जुटेका अन्तर्राष्ट्रिय हातहरुले हौसाए। योे विभिन्न समयमा ती दयालु अन्तर्राष्ट्रिय समुदायलाई यो देशले र नागरिकले पारेको प्रभाव, माया र आत्मीयताको फल हो। पाहुना भएर आएकालाई मित्र बनाएर पठाउन नेपाल सक्षम छ।

पालमा बसेर महलको सपना

भूकम्पको विध्वंश त पुरानो कुरो नै भयो । धनजनको क्षति त गरायो गरायो सधैभरिको डरको स्थायी बास नि गरायो । यो चाहिं गाह«ो कुरो भो । आयो आयो मै दिन सकिए पछि गर्नु पनि के?

कुरो जोडियो पर्यटकको । यिनलाई नआउनु आइ नै सकेपछि सेवा त दिनुपरो । यही मौकामा प्रचार तित्र्र गर्नुपर्छ भन्ने केही साथीका राय छ जसले गर्दा आगामी सिजनमा देशाँ खैरे आऊन् खर्च गरुन् र केही कमाउन सकियोस् ।

यस सँगै जोडिएको गुदी कुरो त के भने अ‍ैले देशा लन्ठिरहेका खैरेले बस्ने बास र खाने माम पाएका छन् कि छैनन् । प्रचार त गर्नपर्छ तर सेवा दिन सक्नेभइसकेपछि । भुइचालोले गिराएको इमारतबाट जहान र बच्चा उम्काउदै पालमा बसिरहेको कारिन्दा काममा आउन सकेको छैन जसले गर्दा खुल्न सक्ने अवस्थाका रेष्टुरा खुलेका छैनन्, खुले पनि पुग्ने गरि सेवा दिन सकेका छैनन् ।

अब यिनलाई कसरी काममा फर्काउने र काम सुरु गर्ने बारेमा छलफल हुनुपरो । भोलि प्रचार पछि धेरै खेरे पक्कै आउलान् तर मसल्ची गाममा खाँबो ठड्याउन, घर छाउन दौडिरहला । यस अवस्थामा यिनका परिवारलाई सुरक्षित राखी खानाबासको ब्यवस्था मुख्य विषय हो । सो यो मिलाउनका खातिर सबै लागेमा पर्यटनलाई पछिसम्मका लागि नै राम्रै होला भनेर लेखिदिएँ ।

परिक्षार्थी छ, प्रश्नपत्र छैन


घण्टी बज्छ । जाँच दिन बस्ने परिक्षार्थीको ढुकढुकी बढ्ने क्षण । आफूले जानेका अनि पढेको कति परे, कति प्रश्न नजान्ने आए भनेर आँखा एक टकले प्रश्नपत्रमा घोरिइने समय । यो त सबै परिक्षाहलमा हुने कथा भो । तर यहाँ कहानीमा ट्वीस्ट छ ।

परिक्षा हलमा बसेको विद्यार्थीले घण्टी बजेर प्रश्नपत्र हात पर्ने बेला थाहा पाउँछ उसको विषयको प्रश्न त परिक्षा केन्द्रमा आएकै रहेनछ । परिक्षा नियन्त्रण कार्यालयबाट खोजबिन गरेपछि पत्तो लाग्छ त्यो विषयको त्रिभुवन विश्वविद्यालयले प्रश्न नै बनाएको रहेनछ ।
<!--more-->
मानविकी स्नात्तकोतर दोस्रो वर्ष 'नाट्य विज्ञान तथा रङ्गमञ्च' विषयको विद्यार्थी विकास घले गुरुङलाई यस्तो सुन्दा जोक जस्तो लाग्ने बिपद परेको हो । अहिले पनिकाले कलेजलाई पढ्ने विषयको बिबरण नपठाएको र कलेजले पनिकालाई प्रश्न नबनाएको भनेर दोषारोपण गरिराख्दा गुरुङ भने के गर्ने भन्ने अन्योलमा छन् ।

स्रोत नयाँ पत्रिका दैनिक, माघ ४, २०६९

छोटो तीतो

www.parakhi.com
छोरो कप्तान छ । ओहो तपाईंको छोरो अमेरिका गएर त आर्मी पो भएछ है । होइन होइन ऊ त रेष्टुरामा वेटर काम गर्छ, खाएको कप तान्छ भनेको । 

छोरो PHDगर्दैछ । ओहो छोरोले राम्रो गरेछ अब नाम अगाडि डाक्टर थपिने भयो । हाहाहा छोरो त Pizza Hut Delivery मा काम गर्छ भनेको । 

अमेरिका वा बिदेश गएका बाबुआमाका कुराकानी ।

मेरा साना दुखले आज्र्याको मुलुक होइन, सबलाई चेतना भया


Photo Tim Frank



आज पृथ्वी जयन्ती । नेपाली एकताका प्रतीक भनेर चिनिने पृथ्वीनारायण शाहको देन आज स्मरण गर्ने दिन । हुन त ३६४ दिन उनको दिब्यपोदेशको मर्मलाई तिलाञ्जली दिएर आज उनको शालिकमा माला लगाइदिनुले केही अर्थ राख्दैन । तर नयाँ पुस्तालाई उनको योगदान पढाउन जरुरी छ । उनले एकिकरण गरेर तात्कालिन समयमा गरेको कामलाई सम्झिनुपर्छ । एकिकरण गरेर एकल जात, एकल भेष, एकल भाषा बनाए जुन त्यो समयलाई ठीक थियो अनि आजकाले केही समय अनुसारको कुरो दिन नसक्ने र गाली पृथ्वीनारायण शाहलाई गर्ने कुरा सह्ण् छैन ।

यो देश मेरो

Photo Courtesy http://www.wean.org.np/
रक्सी किन्न कहाँ पुग्छौं, दूध घर मै पु¥याओस् भन्ने सोच्छौं
पिज्जा घरमा ३० मिनेट मै पुग्ने ग्यारेण्टी छ, यमबुलेन्स पुग्न सक्तैन अस्पताल
१४ घण्टा लोडसेसडिङ्ग, असुरक्षा र अब्यवस्थाका बीच पनि मुहारमा हाँसो त छ नै
र धेरै हदसम्म सन्तुष्ट छौं ।

ती समस्त आम नेपालीलाई साधुवाद अनि यो समरपण ।

सिट्ठी फुक्ने दिदी


http://flickrhivemind.net/Tags/nepal,police/Interesting
हातका पन्जामा कालो लेघ्रा । मुख फुलाएर सिट्ठी बजाउनु र निरन्तर हल्लाएर ईशारा गर्नु उनको दैनिकी । सडकबीचको डिलमा उभिएर कैले मुस्काउदैुं अनि कहिले हप्कीदप्की गर्दै गरेको भेटिन्छिन् । मापसे गरेर सवारी चलाउनेको काल नै सरी छिन् उनी । हामी उनलाई ट्राफिक भन्छम् ।

घरमा सानो बच्चा, यो जाडोमा बाहिर हुनु अनि प्रदूषणसँग लडार्इँ गर्नु र प्रफुल्लित हुँदै घर फकर्ने तमाम ट्राफिक साथीहरुलाई आजको यो लेखाइ समरपण ।

छानामा एलिजावेथ


अब बिदेशी हिंड्ने बाटो हुँदा चहलपहल नै बेग्लै थियो चित्लाङ्गको । उबेलाको इष्ट–इण्डिया कम्पनी । तिनले यात्रा गर्दा आफूसँग बन्दोबस्तका सामान त लिएर आए । ठूला टिनका डिब्बामा बिस्कुट र अन्य खाद्य सामग्री ।

तिनले खाएर फालेका ती टिनका डिब्बाबाट नै कैयन् घर छाइएछन् चितलाङ्गमा । रमाइलो कुरो त के भने ती टिनमा त्यो बेलाको संयुक्त अधिराज्य की महारानी एलिजावेथ प्रथमको मुखाकृति पनि छापिएको रहेछ । र तिनै डिब्बाबाट नेपाल आएकी एलिजावेथ प्रथम अझै छानामा सजिरहेकी छिन् ।

बेलायती पर्यटकका लागि एलिजावेथ प्रथमको मुखाकृति नेपालीको छानामा हेर्न पाउनु रमाइलो अनुभव हुने भयो । चित्लाङ्ग हिंडाइंमा हामीसँगै भएका बेलायतीले पनि बढो चाख दिएर सो आकृति हेरिराख्दा २०० वर्ष अगाडिका कुरालाई यसरी प्रस्तुत गर्दा चित्लाङ्गे पर्यटनले अर्को छलाङ्ग मार्ने देखिन्छ ।

कुन मन्दिरमा जान्छौ यात्री



गाडी नगुड्दा काठमाण्डौं छिर्ने बाटो हुने गथ्र्यो– चित्लाङ्ग । बिरगन्ज, हेटौंडाहँुदै यहि बाटो तिर्थालुहरु पशुपति दर्शन गर्न हिंड्थे उबेला । थानकोटबाट २ घण्टामा हिंडेरै पुग्न सकिन्छ ।

चित्लाङ्गको मुख मै छ गुर्जुधारा । यो धारामा पानी पिएर आराम गर्दै बस्दा महाकवि देवकोटाले यात्री कविता फुराएका हून् रे । त्यो समयमा भारतीय तिर्थालुहरु भरियाका पीठमा बसेर यात्रा गर्थे । र ती जो बोकिएर धर्म गर्न काठमाण्डौं गईरहेका थिए तिनलाई नै देवकोटाले ब्यगांत्मक प्रश्न गरेको गरेको हुनुपर्छ यात्री कविता मार्फत ।


कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तर, मन्दिर आफू अपार ! 
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ

फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! 
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ  
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा 
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा 
दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा  
कुन मन्दिरमा जान्छौ यात्री

चुरोट माग्ने केटी र बिन्दुकुमारी


चुरोट पिउनु एउटा अम्मल हो, नराम्रो हानी गर्ने, थाहा पाउँदा पाउँदै हामी पिउँछौं । हुन त यस्तो लत कुनै एक ब्यक्ति, लिङ्ग वा समुदायमा मात्रै पर्ने होइन, यसले सबलाई लपेटमा लिन्छ ।
प्रसङ्ग हिजो छाडी अस्तिको हो । साथीहरुसँग बसेर चिया खाइराख्दा ११÷१२ मा पढ्ने केटी पसलमा आएर चुरोट मागी । पसलेले चिनेको हुनुपर्छ, ऊ अलिक हच्कियो र सोध्यो “चुरोट खाने गरेको छ” । “कहिलेकाही”, यो केटीको उत्तर थियो । पसले लाजले रातोपिरो हुँदैथ्यो, केटी सलाई सोध्दै थिई ।उसले सल्काई, आफ्नो धीत मेटी ।

यस्तो सामान्य प्रसङ्ग जहाँतही हुन सक्छ र मैले यहाँ यो उल्लेख गर्नुको पछाडि उपदेशात्मक कुरो लेख्न नभई त्यो पसलेले सामान्य गरी लिन नसकेकामा हो । उमेर पुगेका केटाकेटीले गर्ने क्रियाकलाप र उनीहरुको बानी अरुको टाउको दुखाइ नहुनु पर्ने हो यदि अरुलाई प्रत्उक्ष अप्ठ्यारो पर्दैन भने ।

अर्को प्रसङ्ग, बिन्दुकुमारीको । अर्को सामान्य नाम । तर बाराकी बिन्दुकुमारी ठाकुर अहिले यस संसारमा छैनन् । उनलाई जिउँदै जलाइएको छ । कारण पत्तालागिसकेको छैन र कारक पात्र पर्दा पछाडि नै छन्् । तर अझै हाम्रांमा एअरपोर्टबाटै चेली बलात्कृत हुने, लुटिने अनि घर आँगन मै जलाइएका छन् । सुन्दैमा सिरिङ्ग हुने यी घटनाहरुको माथ्लो प्रसङ्गसँग कुनै सम्बन्ध छैन ।

सोच्नका लागि २ प्रसङ्ग उल्लेख गरेको हुँ ।

आज डिसेम्बर २१



माया सभ्यताका अनुसार आज संसार समाप्त हुने दिन । वैज्ञानिक र अनुसन्धानकर्ताहरुले कुनै ग्रह आएर पृथ्वीमा ठोक्किने र विनाश हुने संभावना नरहेको दाबी गरिसकेका छन् । कति साथीहरुले अब आफ्नो अन्तिम पल आएको र बाँचियो भने भेटौंला भन्ने आशयका स्टाटस फेसबुक र अन्य सामाजिक सञ्जालहरुमा लेखेका पनि छन् ।

हुन त बिगतमा पनि यस्ता विनाशकारी दिन नतोकिएका होइनन् तर माया सभ्यताले धेरै अगाडि नै तोकेको दिन भनेर केही सत्यता छ कि भन्ने सबैलाई लागेको हो ।

नेपाली केही टिभी च्यानलहरुले त्यसमाथि डिसेम्बर २० मा रसुवामा सल्केको आगोलाई ज्वालामुखी भनेर समाचार प्रशारण गर्दा कतिको सातोपुत्लो उडेको हुन सक्छ । यस प्रसङ्गलाई हाम्रा मिडिया विश्वशनीयतासँग जोडेर पनि हेर्न सकिन्छ । ब्रेकिङ्ग खबर देखाउने होडबाजीमा बोरा बसबाट खस्दा मान्छे खसेको समाचार पनि त प्रशारित भएका थिए ।

जीवनका बारेमा भनिएका केही बिचारहरु


जीवनका बारेमा भनिएका केही बिचारहरु

कसैलाई माया गरेर माया नपाउनु दुखद हो, तर यो भन्दा पनि दुखद आफूले माया गरेको ब्यक्तिलाई डराएर आफ्नो भावना त्यो ब्यक्तिसम्म पु¥याउन नसक्नु हो ।

उत्तम साथी त्यही हो जो सँग तपाँइ एक शब्द पनि नबोली सँगै बस्दा पनि सबैभन्दा राम्रो बार्तालाप भएको अनूभुती होस् ।

यो सत्य हो कि केही हराए पछि नै त्यसको महत्व थाहा हुन्छ र अर्को सत्य यो पनि हो कि केही पाए पछि मात्रै हामी के गुमाइरहेका थियौं भन्ने थाहा हुन्छ ।

खुसी ब्यक्ति त्यो होइन जो सँग सब उत्कृष्ट सामान छन् तर त्यो हो जसले जीवनमा आउने क्षणहरुलाई उत्कृष्ट बनाएर अघि बढ्छन् ।

 अन्तमा कति सास लिइयो भन्ने नापजाँच भन्दा कति पलहरुमा सास जाला जस्तो भयो भन्ने कुरो महत्वपूर्ण छ ।

जीवनले रुनु पर्ने सय क्षण दिंदा तपाईं हाँस्नु पर्ने हजार कारण देखाइदिनुस् ।

गङ्गनम स्टाइल सुन्नुभो ?



दक्षिण कोरियाली पप गायक पिएसवाईको गङ्गनम स्टाइल बोलको गीत संसारभर भाइरस सरी फैलिएको छ । You Tubeमा हालसम्म कै सर्वाधिक हेरिएको गीतहरुमा तेस्रोमा परिसकेको यो गीत अक्टोबर ३०, २०१२ सम्म 598,061,665 पटक हेरिएको छ । गीत अगष्ट २०१२ मा रिलिज भएको हो र यति छोटो समयमा नै सबैको जिब्रोमा बस्न सफल भइसक्यो । द.कोरियाको गङ्गनम भन्ने स्थानको जीवनशैलीलाई प्रस्तुत गरिएको यो गीत किन यति रुचाइयो! आउनुस् हेरौं ।

ढुङ्गिन युगको धङ्गधङ्गी



ड्यास माओवादीले नेपाली भूमिमा भारतीय गाडी गुड्न नदिने र भारतीय चलचित्रमा पनि रोक लगाउने निणर्य गरे । साँस्कृतिक शुद्धिकरणका लागि केही समय स्वदेशी चलचित्र मात्र चलाउनु वेश भएतापनि चलचित्र चलाउनमा रोक लगाउनुले राम्रो सन्देश चाँहि पक्कै दिंदैन । भारतले आफ्नो भूमिमा नेपाली गाडी चलाउन नदिएको झोंकमा नेपालमा पनि चल्न नदिनु भनेको केटाकेटीमा झगडा पर्दा तँ मलाई तेरो घरमा आउँन दिदैनस् भने मेरो घरमा तँ पनि नआइज भने जसो भयो ।

देशको एउटा ठूलो पार्टीले यस्तो हावादारी विरोध र केटाकेटीपन प्रदर्शन गर्नुले उसको शाख जोगाइराख्न सक्दैन । बरु भारतमा नेपाली गाडी चल्न सक्ने वातावरण बनाउन पहल पो गर्नु बुद्धिमता हुन्थ्यो नि ।

सदाबहार समाचार


नियमित पत्रिका पढ्ने, समाचार हेर्ने र सुन्ने म जस्तै तपाईंहरु सवैलाई अनुभव भएको कुरा–समयले हामीलाई क्रमश बृद्ध बनाइरहेको छ, बच्चा युवा भए, युवा जवान र जवान बृद्ध, ती सँगै सोच्ने तरिकामा र रुचीमा परिवर्तन आइसक्यो तर हाम्रो सञ्चारले बनाउने समाचार उस्तै र उही छ । आउनुहोस् विचार गरौं । तलका क्षेत्रमा सँधै सुन्निने समाचारका शीर्षक ।


राजनीति 


  • सहमतिका लागि बैठक
  • फलानो नेताले भने सहमति बिना निकास सम्भव छैन
  • यो मिति भित्रमा देशले निकास पाउनेछ
  • सतापक्षिय गठबन्धन/विपक्षीले सहमतिमा अवरोध गरे
  • मित्र राष्ट्रहरुले हाम्रो समस्या हामीले नै हल गरेको हेर्न चाहेका छन्


दशैं


  • हवाई टिकट सकिय
  • बुकिङ्ग खोलेकै दिन टिकट छैन
  • फोटोहरुमा टिकटको लाइन
  • बस दुर्घटना
  • मापसे गरी सवारी चलाइयो
  • यो ठाउँमा दशैं नै आएन
  • खाद्य सामग्री अभाव÷मूल्यबृद्धि


खेलकूद


  • सहभागी २ अफिसियल २० गए फलानो प्रतियोगितामा
  • फोटोमा हिलो मैदान खेलाडी लडेको
  • सहभागी हुन गएको खेलाडी बिरामी/बेपत्ता
  • बजेट अभावमा तयारी भएन
  • खेलकूदसंस्था बीचको झगडा २ चोटि बिदाई/स्वागत

समाज स्थानिय समाचार

  • २ दिन मै पीच उक्यो
  • पानी परेर बाटो जलमग्न
  • युवा बिदेश पलायन
  • तरकारी खेतीबाट स्वरोजगार
  • बिदेशको काम छोडी रोजगारीमा

बैदेशिक रोजगार

  • कामदार म्यानपावरबाट ठगिए
  • फोटोमा उच्च तापक्रममा काम गरिरहेका नेपाली
  • ......मा नेपालीको मृत्यु
  • .....मा नेपालीको बिचल्ली


यी त नमूना भए । यसमा समाचार नयाँ खोज्न नसकेर सधै टेम्प्लेटको रुपमा रहेका कुरामा पात्र मात्र फेरिएर आउनु पत्रकार वा पत्रिकाको दोष नभई हाम्रो देशको आलस्यता पनि धेरै हदसम्म हो । के भन्नुहुन्छ?






हाम्रो रेल सपना




नेपालीलाई विदेश जाँदा दुई कुरा हेर्न मन लाग्छ–समुन्द्र र रेल । पहिलो त अब नेपालमा कसरी संभव होला तर दोस्रोको सपना हामी देखी रहेका छौं ।

रेल अनि त्यसमाथि महानगरमा मेट्रो । विदेशमा जाँदा सार्वजनिक सवारीका रुपमा प्रभावकारी र समयमा नै गन्तब्य पु¥याउने यी मेट्रो रेल महानगरमा हुने हो भने ब्यक्तिगत सवारीहरु यति धेरै संख्यामा चाँहिदैनथ्यो होलान् ।

अब जे होस् अध्ययन पूरा गरी दाताको फाइल पुगेको रहेछ । एसियाली विकास बैंक र कोरिया सरकार मध्ये को अगाडि आएर हाम्रो मेट्रो रेल सपना पूरा गर्ने हून् हेरौं ।

अनुराधा पछि पुष्पा



फेरि एक पटक अर्को नेपालीलाई सिएनएन हिरो बनाउने मौका आएको छ । जेलमा भएका मातापितासँग जेल मै बस्न वाध्य बालबालिकालाई जेल बाहिर संसार देखाउने काममा उद्यत यी युवा नेपाली बालबालिका मै आफ्नो संसार देख्छिन् ।

हुन पनि विभिन्न अपराधमा जेल बसेका बाबुआमासँग बस्नु पर्ने गरी ति अवोध बालबालिकाले केही अपराध त गरेका छैनन् नि ! निस्वार्थ सेवा भावनाले बालबालिकालाई पढाई र उनीहरुका अधिकार प्रदान गर्ने मानवीय कार्यमा लागेकी पुष्पा बस्नेतलाई यस पालिको सिएनएन हिरो बनाऔं ।

भोट गर्नलाई यहाँ क्लिक गरौं

Photo Courtesy CNN