गाडी नगुड्दा काठमाण्डौं छिर्ने बाटो हुने गथ्र्यो– चित्लाङ्ग । बिरगन्ज, हेटौंडाहँुदै यहि बाटो तिर्थालुहरु पशुपति दर्शन गर्न हिंड्थे उबेला । थानकोटबाट २ घण्टामा हिंडेरै पुग्न सकिन्छ ।
चित्लाङ्गको मुख मै छ गुर्जुधारा । यो धारामा पानी पिएर आराम गर्दै बस्दा महाकवि देवकोटाले यात्री कविता फुराएका हून् रे । त्यो समयमा भारतीय तिर्थालुहरु भरियाका पीठमा बसेर यात्रा गर्थे । र ती जो बोकिएर धर्म गर्न काठमाण्डौं गईरहेका थिए तिनलाई नै देवकोटाले ब्यगांत्मक प्रश्न गरेको गरेको हुनुपर्छ यात्री कविता मार्फत ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तर, मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका,
पिडा, दु:खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री ।