कुराइ

ॐ हस्पिटल नजिकै चहलपहल थियो ।
महिला, पुरुष दुवैको संख्या उस्तै, पुलिस पनि थिए ।
यसपाली नलि घर जान्न । एक महिला फत्फताउदै । अरु चर्को स्वरमा कराउदै । दृश्य येस्तै कारुनिक । यसकारणले कि यो कुनै सुविधाका लागि जमघट थिएन ।
बेलुका हेर्नलाई तपाईको श्रीमानलाई भन्नुहोला प्रहरीले एक महिलालाई सुनाए । वहाँ त गाउँ जानू भा छ, एक हप्ता अगाडि पनि पाइन, म नै बस्छु रातभरी कुरेर ।
बाड्ने कति नि?
३ लिटर ।
हस्पिटलमा बिरामी कुरुवा भन्दा भिन्न यो कुराई ।
कुरेर नि पाइएला भन्ने कुनै ग्यारण्टी छैन ।
होटलवालाहरुले पुलिससँग कुरा मिलाएर ४ ५ वटा भाँडा राखेका छन् । उनिहरुलाई केई नभन्ने हामीलाई अगाडि बस्न नि दिदैन, घर जाओ पो भन्छ ।
#टोलटोलकोकहानी #मट्टीतेल #हाम्रोनेपालमा #ModiHimalayanBlunder

काठमाण्डौंको युवाको नजरमा मधेसका सवालहरु

भुइचालो गए लगत्तै काठमाण्डौंमा कपाल काट्ने हजाम फेला पार्न मुस्किल थियो । मधेस तिर घर हुने काठमाण्डौंमा जिविकोपार्जनका लागि कपाल काट्दै आएका ती मधेसी दाईहरु घरतरि लागेका थिए सुरक्षित हुन । अहिले स्थिति बेग्लै छ । उत्ता आन्दोलन र धर्नाले जनजिवन प्रभावित छ र तिनै हजाम दाइहरु आफ्ना परिवारलाई काठमाण्डौंमा बोलाउँदैछन् र कैयन्का आई पनि सके । ती मधेसी जो काठमाण्डौंमा आफ्नो भविश्यका लागि जरो गाडेर बसेका छन् तिनलाई आन्दोलन सघाउन घर जाने भन्दा उत्ताका आफन्तलाई यता ल्याउनु वेश लागेको छ । आज हजामको मा जादाँ अलिक फरक दृश्य देखियो । दाईले आफ्नो चिनजानको मान्छेसँग शेयरको फारम भराउन लाउँदै थियो ।

एक लाखको हाल्नेलाई भन्दा पचास हजारको भर्नेलाई फाइदा हुन्छ हैन सर ?

यसपालि हजुरलाई दुःख दिएँ अर्कोपटक छोरीले हेरेर आफै भर्छे ।


सामान्य परिवारमा जन्मेर उता मधेसको जिम्मा दाजुभाइलाई दिएर काठमाण्डौ छिरेका थिए हजाम दाई आजभन्दा बीस वर्ष जति पहिले । उनले कपाल काटेरै दुई ठाउँमा जग्गा जोडेका छन् र एक ठाउँको जग्गा बेचेर घर बनाउने योजना पनि बनाएका थिए । भुइचालो नगएको भए सायद जग हालेर काम सुरु पनि गरिसक्थे । अहिले त ज्याला पनि दोब्बर भयो भन्छन् ।

‪#‎अवस्था‬

पात्र फेरिन्छ पात्रो फेरिन्छ
हात फेरिन्न हालत फेरिन्न
आकास छ आवाज छ आश्वासन नि छ
दिल, दम अनि दाम पो छैन
कम छ काम छैन
मन छ माम छैन
ओबामा थाहा छ बा-आमा पत्तो छैन
सेल्फी हरहमेसा सेल्फलेस्ली कोमामा
फेसबुक र ट्वीटरमा छायौ
घरका छाना छाउॅदा गुगलले नि तिम्लाई भेटेन

दशैं छुट्टीमा कहाँ जाने?

तेल छैन। घर जान सकिएन। दशैं बेहाल भयो भनेर हामी मध्ये धेरै खुइय गरिरहेका होलाउँ। आफ्नो घरमा पुगेर आफन्तजन साथीभाइ भेटेर समय गुजार्नुको मज्जा त अरु केहीले त नदेला तर केही हिडेंर वा साइकलयात्रा गरेर रमाइलो गर्दा बिदाको सदुपयोग पनि हुने र विभिन्न स्थानका विशेषताहरु आफ्नै आँखाले देख्न पनि पाइन्छ। 
 
यो समयमा पर्यटकीय मौसम पनि परेको हुँदा प्रचलित स्थानहरुमा घुँइचो हुने अनि छोटो समयमा तय गरेर हिंड्दा खाना र बासको समस्या पनि पर्ने हुन्छ। नेपालका हरेक कुनाहरु, पहाडहरु र समतल स्थानहरु आफैमा राम्रा गन्तब्य हुन् त्यसकारणले ती मध्ये केही छान्नु भनेको निश्चय नै कठिन कार्य हो। 
 
तल उल्लेख गर्न लागिएको ५ रुटहरु काठमाडाैँबाट साइकलयात्रा र हाइकिङ्ग गर्न उचित हुने स्थानहरु हुन्।
 
१. काठमाडाैँ–ककनी साइकलयात्रा
 
साइकलयात्रा सम्पूर्ण शरिरको ब्यायाम गराउने राम्रो उपाय हो। यस मौसममा साइकलयात्राको मज्जा नै बेग्लै हुन्छ। बिहानबेलुका काठमाडाैँ चिसिन थालिसकेको अवस्थामा पसिना निकाल्ने र गर्न रमाइलो हुने ब्यायामका रुपमा साइकलयात्रालाई लिन सकिन्छ। 
 
३० किमी दुरीको यस यात्रामा चित्तआकर्षक हिमाली दृश्य देख्न सकिन्छ। काठमाडाैँ नजिकमा काँठे संस्कृतिको अवलोकनका लागि यो उपर्युक्त छ। मुड्खु भञ्ज्याङ्ग, तीनपिप्ले, ओखरपौवा, काउलेखाना र ककनीका गाउँहरुमा यात्राको थकान मेटिने गाउँले परिवेशको हावापानी पाउन सकिन्छ। ककनीबाट गणेश हिमालदेखि अन्नपूर्ण र धौलागिरि हिमश्रृंखला छर्लङ्गै देखिन्छ। 

ऊर्जासङ्कट र युवा अभियान

यसपालि बढो गज्जबको एकता देखिएको छ। चालक र बटुवाबीचमा, सवारीसाधन हुने र नहुनेबीचमा। समग्रमा नेपालीबीचमा। भलै यो राम्रो सुरुवात काठमाडौंमा मात्रै र तेल अभावले भएको किन नहोस्। यो सहयोगको भावना अत्यन्त सुन्दर छ। बिगतमा जेसिजलगायत लोककल्याणकारी संघसंस्थाको अथक प्रयासका बाबजुद लिफ्ट दिने र माग्ने अभियान सफल हुन सकेको थिएन। आज अभावमा अंकुरण भएको सहयोग र सद्भाव भावना भोलि राम्रा दिनहरुमा अझ उचाइ लिने विश्वास लिन सकिन्छ।
एक सामान्य नेपाली बिहान गएर पेट्रोलको लाइनमा बस्छ। दिन ढल्न लाग्दा पालो आउँछ। तीन लिटर भर्न पाउँदा ठूलो युद्ध जितेसरी घर फिर्छ। घाममा घण्टौं कुरेर बस पाउँदा, चढ्न मात्रै पाउँदा भलै गुन्द्रुक झैं कोचिन किन नपरोस् अर्को नेपालीलाई दशैं नै आएको भान हुन्छ। घरमा चुलो बलिराख्दा सम्म कुनै समस्या नै नभएको मीठो भ्रममा जिउने बानी नै हामीलाई परेको छ।
यी यस्ता सशक्त उदाहरण हुन् जसले आजका दिनमा नेपालीका चाहना पूर्ति गर्न असंम्भव छ भन्ने राजनीतिक नेतृत्वलाई गतिलो झापड दिन्छ। हुन त कमि राजनीतिक नेतृत्वमा मात्र छैन हामीमा पनि छ।
छिमेकलाई गाली गर्दा दरो राष्ट्रवादी ठहरिने मिथ्यामा हामी जिउँछौं। गालीका गोली ओकल्छौं, जसले धुँवाधार गाली गर्छ यो पो नेता यस्ता मान्छे पो हामीलाई चाहिएको भनेर चियागफ गर्छौं। सामाजिक सञ्जालका भित्ता पुरै रङ्गाउँछौं।

के गरे पर्यटन प्रबर्द्धन होला?

झोंछेमा साठीको दशकमा ढोका ढक्ढकाई सेवा माग्ने पर्यटकलाई सेवा दिने व्यवसायीमा आज यस क्षेत्रलाई अघि बढाउने सामर्थ्य मात्र छैन, विकास गर्ने कार्यदिशा पनि छ। बिगतमा केही व्यक्ति र समुदायको अग्रसरतामा चलेको यस उद्योगमा हाल पचहत्तरै जिल्लाका र समग्र जातजातिको प्रतिनिधित्व छ।
 
प्रबर्द्धन र बजारिकरण यस उद्योगको जीवनरक्त हुन्।
 
बन्दमा हरियो गाडी बेरोकतोक आवतजावत हुन्छ। बन्द वा आन्दोलन आयोजकमा पनि हरियो नम्बर प्लेटको गाडी र पर्यटकलाई अप्ठ्यारो पार्न हुँदैंन भन्ने चेतनाको विकास भएको छ।
 
यस्तै नेपाली सेवाभावले जस्तो अवस्थामा पनि नेपाल आउन प्रेरित गरिरहेको छ। उनीहरुको देशले अति आवश्यकीयबाहेक अन्य अवस्थामा नेपाल नजान भन्दाभन्दै पनि नेपाल आउन लालायित हुन्छन्। यस्तो सामीप्यता सबै देशले अन्य देशका नागरिकमा बनाउन सक्दैन।
 
जापानीको हाम्रो देशसँग विशेष लगाव छ। बीस/पच्चीस पटक नेपाल आइसकेका जापानी धेरै भेटिन्छन्। कोही त सयौं पटक आएका पनि।
 
भर्खरै गएको भुइँचालोले हामीलाई जति अत्यायो त्यति नै सहयोगका लागि जुटेका अन्तर्राष्ट्रिय हातहरुले हौसाए। योे विभिन्न समयमा ती दयालु अन्तर्राष्ट्रिय समुदायलाई यो देशले र नागरिकले पारेको प्रभाव, माया र आत्मीयताको फल हो। पाहुना भएर आएकालाई मित्र बनाएर पठाउन नेपाल सक्षम छ।

पालमा बसेर महलको सपना

भूकम्पको विध्वंश त पुरानो कुरो नै भयो । धनजनको क्षति त गरायो गरायो सधैभरिको डरको स्थायी बास नि गरायो । यो चाहिं गाह«ो कुरो भो । आयो आयो मै दिन सकिए पछि गर्नु पनि के?

कुरो जोडियो पर्यटकको । यिनलाई नआउनु आइ नै सकेपछि सेवा त दिनुपरो । यही मौकामा प्रचार तित्र्र गर्नुपर्छ भन्ने केही साथीका राय छ जसले गर्दा आगामी सिजनमा देशाँ खैरे आऊन् खर्च गरुन् र केही कमाउन सकियोस् ।

यस सँगै जोडिएको गुदी कुरो त के भने अ‍ैले देशा लन्ठिरहेका खैरेले बस्ने बास र खाने माम पाएका छन् कि छैनन् । प्रचार त गर्नपर्छ तर सेवा दिन सक्नेभइसकेपछि । भुइचालोले गिराएको इमारतबाट जहान र बच्चा उम्काउदै पालमा बसिरहेको कारिन्दा काममा आउन सकेको छैन जसले गर्दा खुल्न सक्ने अवस्थाका रेष्टुरा खुलेका छैनन्, खुले पनि पुग्ने गरि सेवा दिन सकेका छैनन् ।

अब यिनलाई कसरी काममा फर्काउने र काम सुरु गर्ने बारेमा छलफल हुनुपरो । भोलि प्रचार पछि धेरै खेरे पक्कै आउलान् तर मसल्ची गाममा खाँबो ठड्याउन, घर छाउन दौडिरहला । यस अवस्थामा यिनका परिवारलाई सुरक्षित राखी खानाबासको ब्यवस्था मुख्य विषय हो । सो यो मिलाउनका खातिर सबै लागेमा पर्यटनलाई पछिसम्मका लागि नै राम्रै होला भनेर लेखिदिएँ ।