सम्मान भनेको बिदा हो र ?

पृथ्वी जयन्ती आज बिदा छैन । को आउँदा समेत बिदा दिने अनि राष्ट्र निर्माण गर्ने ब्यक्तिको जन्म जयन्तीमा बिदा नदिने  राेइलाे ठूलै छ । एकिकरण गर्ने विभूति पृथ्वीनारायण शाहलाई सादर नमन तर सम्मान बिदा मात्र हैन । उनले एकिकरण गरे, देश बनाए । उनलाई सम्झिदा बिदा चाहिने कुरो चाहिँ अपच्य छ । बरु अनेक किसिमका बिदा समेत कटौती गरियोस् । कार्यालय समय ९ देखि ५ बनाएर शनिवार र आइतवार साप्ताहिक बिदा दिइयोस् यसले घुम्ने संस्कृतिलाई मलजल गरी आर्थिक समृद्धिको आधार त बन्थ्याे ।

विदेशीले हामीलाई लेड ब्याक भन्छन् जसको अर्थ कामको तातो नपर्ने । जाम दश बजे कै आसपास हुनुले पनि यसलाई पुष्टि गर्छ कार्यालय दश भन्दा साँढे दशसम्म पुगे नि हुन्छ । कारबाही छैन । न त समयमा आउने पुरस्कृत नै । काम नगर्नेलाई निकाल्न खोज्दा युनियन अनि त्यसलाई भर दिने नेता अनि त के चाहियो । गफका पहाड बनायो बस्यो । हो काम नगर्ने प्रवृत्ति देखिन्छ बिदा को माग हुनुमा ।

मूर्ति पुज्ने अनि तोप पड्काउने र
शालिक ठड्याउने संकुचित सम्मानका दायरालाई भत्काउन अब ढिला गर्न हुँदैन ।