सबैका लागि पर्यटन

पर्यटन दिवसको नारा सबैका लागि पर्यटन रहेको छ। विशेष त यसले संसारभर घुम्न र डुल्ने सहजताको वकालत गर्न खोजेको छ। अलि अघि ह्वीचेयर प्रयोगकर्ताहरुको घुम्दाको नमिठो अनुभव पढ्न पाइएको थियो। ह्वीचेयर प्रयोगकर्ता मैत्री शौचालयको अभावमा उनीहरु घरबाट निस्कदा पानी समेत नपिई निस्किन वाध्य भएका रहेछन्। यस्तै प्रसङ्ग कोट्याउँदा अर्का ब्यक्तिको स्मरण हुन्छ जसको घुँडाबाट तल कृतिम खुट्टा राखिएको थियो। उनले हालसालै एक कार्यक्रममा सुनाए नेपाल आए पछि नुहाउन पाएको छैन। कृतिम खुट्टा नुहाउनु पूर्व निकाल्नुपर्ने र नुहाउँदा हातको साहराले उभिने सुविधा नभएकाले उनी नुहाउनबाट बञ्चित थिए। काठमाण्डौंका नगण्य होटलहरुमा मात्र साह«ै न्यून संख्यामा यस्ता सुविधा भएका कोठाहरु उपलब्ध छन्।

पूरा यहाँ पढम्

अलग हुन नयाँ काम थाल्नुपर्छ पुरानालाई गाली हैन

केही अघि स्पेनी सदनमा एक महिला सांसदले आफ्नो बच्चालाई स्तनपान गराउँदै गरेको तस्बिरहरु संचारमाध्यममा प्रकाशित भए, सामाजिक सञ्जालमा त झन् भाइरलै भयो । हाम्रा फेसबुके र ट्वीटेहरुले यी तस्बिरहरु पोष्ट गर्दै आमाको मायामा केही हरफहरु खर्च गरे ।


तस्बिरमा देखिएको पाँच महिने बालक डिएगो र उनकी आमा केरोलिनाका विषयमा संसारभर चर्चा परिचर्चा भइरहे । उनका पक्षमा महिलावादी एक समूहले समर्थन ग¥यो जो उनको मतलाई विशेषत सम्मान गर्न चाहन्थ्यो । केरोलिनाले पनि आफूले सो कदम ती तमाम् महिला जो आफ्नो बच्चा लिएर काममा जान विवश छन् र जसका कार्यालयमा साना बच्चा राख्ने खेलाउने स्थान छैन सो को स्थापनार्थ अभियान सुरु गर्न यो पाइला चालेको भनिन् । निश्चय पनि काम गर्ने महिलाका लागि नेपाल वा विकसित मूलुक स्पेनको स्थितिमा खासै ठूलो भिन्नता छैन । एक महिलाको विभिन्न रुप मध्ये सबैभन्दा पहिलो आमाको भूमिकाका लागि कुनै अरु कार्यले वाधा सृजना गर्ने अवस्था आउन हँुदैन । र सो अप्ठयारो जुनबाट कामकाजी महिला गुर्जिनुपर्ने हुन्छ त्यसको प्रतिनिधित्व त्यो तस्बिर अनि त्योसँग गाँसिएको सन्देशले गर्न चाहेको थियो ।