परिक्षार्थी छ, प्रश्नपत्र छैन


घण्टी बज्छ । जाँच दिन बस्ने परिक्षार्थीको ढुकढुकी बढ्ने क्षण । आफूले जानेका अनि पढेको कति परे, कति प्रश्न नजान्ने आए भनेर आँखा एक टकले प्रश्नपत्रमा घोरिइने समय । यो त सबै परिक्षाहलमा हुने कथा भो । तर यहाँ कहानीमा ट्वीस्ट छ ।

परिक्षा हलमा बसेको विद्यार्थीले घण्टी बजेर प्रश्नपत्र हात पर्ने बेला थाहा पाउँछ उसको विषयको प्रश्न त परिक्षा केन्द्रमा आएकै रहेनछ । परिक्षा नियन्त्रण कार्यालयबाट खोजबिन गरेपछि पत्तो लाग्छ त्यो विषयको त्रिभुवन विश्वविद्यालयले प्रश्न नै बनाएको रहेनछ ।
<!--more-->
मानविकी स्नात्तकोतर दोस्रो वर्ष 'नाट्य विज्ञान तथा रङ्गमञ्च' विषयको विद्यार्थी विकास घले गुरुङलाई यस्तो सुन्दा जोक जस्तो लाग्ने बिपद परेको हो । अहिले पनिकाले कलेजलाई पढ्ने विषयको बिबरण नपठाएको र कलेजले पनिकालाई प्रश्न नबनाएको भनेर दोषारोपण गरिराख्दा गुरुङ भने के गर्ने भन्ने अन्योलमा छन् ।

स्रोत नयाँ पत्रिका दैनिक, माघ ४, २०६९

छोटो तीतो

www.parakhi.com
छोरो कप्तान छ । ओहो तपाईंको छोरो अमेरिका गएर त आर्मी पो भएछ है । होइन होइन ऊ त रेष्टुरामा वेटर काम गर्छ, खाएको कप तान्छ भनेको । 

छोरो PHDगर्दैछ । ओहो छोरोले राम्रो गरेछ अब नाम अगाडि डाक्टर थपिने भयो । हाहाहा छोरो त Pizza Hut Delivery मा काम गर्छ भनेको । 

अमेरिका वा बिदेश गएका बाबुआमाका कुराकानी ।

मेरा साना दुखले आज्र्याको मुलुक होइन, सबलाई चेतना भया


Photo Tim Frank



आज पृथ्वी जयन्ती । नेपाली एकताका प्रतीक भनेर चिनिने पृथ्वीनारायण शाहको देन आज स्मरण गर्ने दिन । हुन त ३६४ दिन उनको दिब्यपोदेशको मर्मलाई तिलाञ्जली दिएर आज उनको शालिकमा माला लगाइदिनुले केही अर्थ राख्दैन । तर नयाँ पुस्तालाई उनको योगदान पढाउन जरुरी छ । उनले एकिकरण गरेर तात्कालिन समयमा गरेको कामलाई सम्झिनुपर्छ । एकिकरण गरेर एकल जात, एकल भेष, एकल भाषा बनाए जुन त्यो समयलाई ठीक थियो अनि आजकाले केही समय अनुसारको कुरो दिन नसक्ने र गाली पृथ्वीनारायण शाहलाई गर्ने कुरा सह्ण् छैन ।

यो देश मेरो

Photo Courtesy http://www.wean.org.np/
रक्सी किन्न कहाँ पुग्छौं, दूध घर मै पु¥याओस् भन्ने सोच्छौं
पिज्जा घरमा ३० मिनेट मै पुग्ने ग्यारेण्टी छ, यमबुलेन्स पुग्न सक्तैन अस्पताल
१४ घण्टा लोडसेसडिङ्ग, असुरक्षा र अब्यवस्थाका बीच पनि मुहारमा हाँसो त छ नै
र धेरै हदसम्म सन्तुष्ट छौं ।

ती समस्त आम नेपालीलाई साधुवाद अनि यो समरपण ।

सिट्ठी फुक्ने दिदी


http://flickrhivemind.net/Tags/nepal,police/Interesting
हातका पन्जामा कालो लेघ्रा । मुख फुलाएर सिट्ठी बजाउनु र निरन्तर हल्लाएर ईशारा गर्नु उनको दैनिकी । सडकबीचको डिलमा उभिएर कैले मुस्काउदैुं अनि कहिले हप्कीदप्की गर्दै गरेको भेटिन्छिन् । मापसे गरेर सवारी चलाउनेको काल नै सरी छिन् उनी । हामी उनलाई ट्राफिक भन्छम् ।

घरमा सानो बच्चा, यो जाडोमा बाहिर हुनु अनि प्रदूषणसँग लडार्इँ गर्नु र प्रफुल्लित हुँदै घर फकर्ने तमाम ट्राफिक साथीहरुलाई आजको यो लेखाइ समरपण ।

छानामा एलिजावेथ


अब बिदेशी हिंड्ने बाटो हुँदा चहलपहल नै बेग्लै थियो चित्लाङ्गको । उबेलाको इष्ट–इण्डिया कम्पनी । तिनले यात्रा गर्दा आफूसँग बन्दोबस्तका सामान त लिएर आए । ठूला टिनका डिब्बामा बिस्कुट र अन्य खाद्य सामग्री ।

तिनले खाएर फालेका ती टिनका डिब्बाबाट नै कैयन् घर छाइएछन् चितलाङ्गमा । रमाइलो कुरो त के भने ती टिनमा त्यो बेलाको संयुक्त अधिराज्य की महारानी एलिजावेथ प्रथमको मुखाकृति पनि छापिएको रहेछ । र तिनै डिब्बाबाट नेपाल आएकी एलिजावेथ प्रथम अझै छानामा सजिरहेकी छिन् ।

बेलायती पर्यटकका लागि एलिजावेथ प्रथमको मुखाकृति नेपालीको छानामा हेर्न पाउनु रमाइलो अनुभव हुने भयो । चित्लाङ्ग हिंडाइंमा हामीसँगै भएका बेलायतीले पनि बढो चाख दिएर सो आकृति हेरिराख्दा २०० वर्ष अगाडिका कुरालाई यसरी प्रस्तुत गर्दा चित्लाङ्गे पर्यटनले अर्को छलाङ्ग मार्ने देखिन्छ ।

कुन मन्दिरमा जान्छौ यात्री



गाडी नगुड्दा काठमाण्डौं छिर्ने बाटो हुने गथ्र्यो– चित्लाङ्ग । बिरगन्ज, हेटौंडाहँुदै यहि बाटो तिर्थालुहरु पशुपति दर्शन गर्न हिंड्थे उबेला । थानकोटबाट २ घण्टामा हिंडेरै पुग्न सकिन्छ ।

चित्लाङ्गको मुख मै छ गुर्जुधारा । यो धारामा पानी पिएर आराम गर्दै बस्दा महाकवि देवकोटाले यात्री कविता फुराएका हून् रे । त्यो समयमा भारतीय तिर्थालुहरु भरियाका पीठमा बसेर यात्रा गर्थे । र ती जो बोकिएर धर्म गर्न काठमाण्डौं गईरहेका थिए तिनलाई नै देवकोटाले ब्यगांत्मक प्रश्न गरेको गरेको हुनुपर्छ यात्री कविता मार्फत ।


कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तर, मन्दिर आफू अपार ! 
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ

फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! 
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ  
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा 
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा 
दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा  
कुन मन्दिरमा जान्छौ यात्री

चुरोट माग्ने केटी र बिन्दुकुमारी


चुरोट पिउनु एउटा अम्मल हो, नराम्रो हानी गर्ने, थाहा पाउँदा पाउँदै हामी पिउँछौं । हुन त यस्तो लत कुनै एक ब्यक्ति, लिङ्ग वा समुदायमा मात्रै पर्ने होइन, यसले सबलाई लपेटमा लिन्छ ।
प्रसङ्ग हिजो छाडी अस्तिको हो । साथीहरुसँग बसेर चिया खाइराख्दा ११÷१२ मा पढ्ने केटी पसलमा आएर चुरोट मागी । पसलेले चिनेको हुनुपर्छ, ऊ अलिक हच्कियो र सोध्यो “चुरोट खाने गरेको छ” । “कहिलेकाही”, यो केटीको उत्तर थियो । पसले लाजले रातोपिरो हुँदैथ्यो, केटी सलाई सोध्दै थिई ।उसले सल्काई, आफ्नो धीत मेटी ।

यस्तो सामान्य प्रसङ्ग जहाँतही हुन सक्छ र मैले यहाँ यो उल्लेख गर्नुको पछाडि उपदेशात्मक कुरो लेख्न नभई त्यो पसलेले सामान्य गरी लिन नसकेकामा हो । उमेर पुगेका केटाकेटीले गर्ने क्रियाकलाप र उनीहरुको बानी अरुको टाउको दुखाइ नहुनु पर्ने हो यदि अरुलाई प्रत्उक्ष अप्ठ्यारो पर्दैन भने ।

अर्को प्रसङ्ग, बिन्दुकुमारीको । अर्को सामान्य नाम । तर बाराकी बिन्दुकुमारी ठाकुर अहिले यस संसारमा छैनन् । उनलाई जिउँदै जलाइएको छ । कारण पत्तालागिसकेको छैन र कारक पात्र पर्दा पछाडि नै छन्् । तर अझै हाम्रांमा एअरपोर्टबाटै चेली बलात्कृत हुने, लुटिने अनि घर आँगन मै जलाइएका छन् । सुन्दैमा सिरिङ्ग हुने यी घटनाहरुको माथ्लो प्रसङ्गसँग कुनै सम्बन्ध छैन ।

सोच्नका लागि २ प्रसङ्ग उल्लेख गरेको हुँ ।