नियमित पत्रिका पढ्ने, समाचार हेर्ने र सुन्ने म जस्तै तपाईंहरु सवैलाई अनुभव भएको कुरा–समयले हामीलाई क्रमश बृद्ध बनाइरहेको छ, बच्चा युवा भए, युवा जवान र जवान बृद्ध, ती सँगै सोच्ने तरिकामा र रुचीमा परिवर्तन आइसक्यो तर हाम्रो सञ्चारले बनाउने समाचार उस्तै र उही छ । आउनुहोस् विचार गरौं । तलका क्षेत्रमा सँधै सुन्निने समाचारका शीर्षक ।
राजनीति
- सहमतिका लागि बैठक
- फलानो नेताले भने सहमति बिना निकास सम्भव छैन
- यो मिति भित्रमा देशले निकास पाउनेछ
- सतापक्षिय गठबन्धन/विपक्षीले सहमतिमा अवरोध गरे
- मित्र राष्ट्रहरुले हाम्रो समस्या हामीले नै हल गरेको हेर्न चाहेका छन्
दशैं
- हवाई टिकट सकिय
- बुकिङ्ग खोलेकै दिन टिकट छैन
- फोटोहरुमा टिकटको लाइन
- बस दुर्घटना
- मापसे गरी सवारी चलाइयो
- यो ठाउँमा दशैं नै आएन
- खाद्य सामग्री अभाव÷मूल्यबृद्धि
खेलकूद
- सहभागी २ अफिसियल २० गए फलानो प्रतियोगितामा
- फोटोमा हिलो मैदान खेलाडी लडेको
- सहभागी हुन गएको खेलाडी बिरामी/बेपत्ता
- बजेट अभावमा तयारी भएन
- खेलकूदसंस्था बीचको झगडा २ चोटि बिदाई/स्वागत
समाज स्थानिय समाचार
- २ दिन मै पीच उक्यो
- पानी परेर बाटो जलमग्न
- युवा बिदेश पलायन
- तरकारी खेतीबाट स्वरोजगार
- बिदेशको काम छोडी रोजगारीमा
बैदेशिक रोजगार
- कामदार म्यानपावरबाट ठगिए
- फोटोमा उच्च तापक्रममा काम गरिरहेका नेपाली
- ......मा नेपालीको मृत्यु
- .....मा नेपालीको बिचल्ली
यी त नमूना भए । यसमा समाचार नयाँ खोज्न नसकेर सधै टेम्प्लेटको रुपमा रहेका कुरामा पात्र मात्र फेरिएर आउनु पत्रकार वा पत्रिकाको दोष नभई हाम्रो देशको आलस्यता पनि धेरै हदसम्म हो । के भन्नुहुन्छ?