अब त दुधको भाउ पनि बढ्यो सुइय गर्दै आमाले सुनाउनुभयो । कर्णाली क्षेत्रमा खाद्यान्न हाहाकार छ चर्को महङ्गी खेप्न जनता बाध्य छन् र हाम्रा राजनीतिज्ञहरु प्रधानमन्त्री को हुने र रक्षा मन्त्रालय हामीलाई नै चाहिने भन्ने दाबी गरिरहेका छन् । साँच्ची नै आज त हामीलाई प्रधानमन्त्री होइन धानमन्त्री पो चाहिएको छ । गरिब जनताका चित्कारले संविधान सभा हलको पर्खाल पार गर्न सकेन र हामी नयाँ नेपाल अलाप्दा अलाप्दै आफैं पुरानो पो हुन थालेछौं ।
देश चलाउनु भनेको धेरै नै गाह्रो काम हो अनेक दाउपेच जान्नुपर्ने । अझ उदेक लाग्दो कुरो त महङ्गी कालोबजारी र अभाव चरमचुलीमा भएका बखत पनि राजनीतिले सता कै साधना गरिरहनु पो हो । ८५ वर्षे हजुरबुवा प्रधानमन्त्रीलाई अझ सुस्त्याउनु परेको छैन र उनी हरेक राजनैतिक पार्टीका ढोका ढक्ढकाइरहेका छन् । प्रधानमन्त्रीज्यू हजुरको यो युवा जोश देशका अरु प्रमुख अनि जनतालाई प्रत्यक्ष सम्बन्ध राख्ने सवालहरुमा भइदिए हुन्थ्यो नि ।
युवा सभासद्ले इन्धन अभावका सवालमा कुरो उठाँउदा आयल निगम मन्द मुस्काउँछ अनि उल्टो सोध्छ यो त ३-४ वर्षदेखिको हाम्रो नियति नै हो । उसको उत्तरमा कटाक्ष छ ब्यवस्था र हाम्रो भू-राजनीतिक अवस्थितिको । के उसो भए अब हामीले कार्यालय, कलेज जानका लागि कहीं पुग्नका लागि समय छुट्याए जस्तै इन्धन भर्ने समय सदाका लागि छुट्याउनु पर्ने हो
सिद्धान्तका कुरा धेरै भए अब गरेर देखाउने समय आएन र जनताको बोली केलाई मान्ने हो र पार्टीहरु सबैले आफ जनताको निमित्त काम गर्ने भनेर दावा गर्ने हो भने एउटा आम नेपाली भएका नाताले हाम्रा आवश्यकता र प्राथमिकता निम्न हुन्
१। मूल्यबृद्धिको अन्त र उपभोग्य सामग्रीको सर्वसुलभता
२। राजमार्ग बन्द र अन्य कुनै पनि किसिमको बन्दको अन्त्य
३। जनउत्तरदायी र स्थायी सरकारको निमार्ण
यी सवालहरुमा सम्बन्धीत सबैको ध्यानाकर्षण हुनु पर्दछ । यिनी भनेका नयाँ नेपाल निर्माण गर्न पास हुनुपर्ने खुड्किलो हो जस्तो मलाई लाग्छ ।
No comments:
Post a Comment