अनि मैले कविता लेखिन

अाँखाका अनन्त सागरमा डुबुल्की मार्दै
गुलाफ र नील गगनमा हराउँदै
पिरतीका घाममा जीवन रूपी  बिस्कुन सुकाउँदै
बहकिने

अाकासका तारा खसाउने
माया नै मायाले संसार बसाउने
दुखका पाेका अलि परै बिसाउने
रमाउने, गम्किने,फुर्किने

अाँसु कविकाे भूत चढे सरी एक पछि अर्काे कविता फुराउन खाेज्दा
शान्त तलाउमा ढुङ्गा बनी एक पछि अर्काे घटना नाच्न थाल्दछ
कविता कि नायिका एकाएक खल पात्रमा रूपान्तरित हुन्छे
बाेक्सीकाे उपमा धारण गर्छे

लाैन मेरी नायिकालाइ फिर्ता गरिदेअाे
केही हरफ सकी कविता टुङ्याउनदेअाे
मेरा अनुनय विनय तेसै गएछ
गाउँका बीचमा उनकाे लास झुन्डिएछ।।