दाइ र दिदीको सम्बन्ध लगाएर बोल्नु हाम्रो संस्कृतिको नराम्रो पक्ष नभएर सुन्दर पाटो हो। आज विश्वले आफ्नै दाजुभाइ, दिदीबहिनीलाई पराइ देखिरहँदा हामी सबैलाई आफ्नै परिवारको सदस्य देख्छौं। त्यसमाथि यी सम्बोधन हिउँद कटाइको वरिष्ठताभन्दा धेरै अर्थमा आदरसूचक हुन्। अपरिचितलाई दाइ, दिदी भन्नु त हाम्रो रगतमै छ र यसमा नराम्रो के छ र? अलि विचारणीय कुरो के पनि छ भने उमेरले कान्छो हुँदा पुरुषले दाइ सुन्न सक्छ तर उमेरमा बढी नै भए पनि महिलालाई दिदीको सम्बोधन पाच्य हुँदैन। त्यसमाथि शितलजीलाई त आन्टी नै भनेछन्।

पूरा यहाँ पढम्
दैनिकीले हामीलाइ कवि, लेखक र दार्शनिक बनाउदाेरहेछ । यहाँ जे मनमा अाउँछ तेही लेखिएकाे छ ।
अमेरिका होइन, आ मोरी खा !
'यो त कहाँको अमेरिका हुनु यो त आ मोरी खा हो ।
मरेर काम गर्यो भने बाँच्न सकिन्छ, खान सकिन्छ नभए छैन,' ललितपुरको जाउलाखेलतिर घर भएका तर अमेरिकामा धेरै हिउँद
कटाइसकेका ट्याक्सी चालक दाईको अनुभव हो ।
आफ्नो ३ हप्ते अमेरिकी बसाइ
सकेर घर फर्कनै लाग्दा अर्की दिदीले भावबिह्वल हुँदै भनिन्, 'हामी पनि कहिले होला यसरी नै झिटीगुण्टा कसेर नेपाल फर्किने?'