गङ्गनम स्टाइल सुन्नुभो ?



दक्षिण कोरियाली पप गायक पिएसवाईको गङ्गनम स्टाइल बोलको गीत संसारभर भाइरस सरी फैलिएको छ । You Tubeमा हालसम्म कै सर्वाधिक हेरिएको गीतहरुमा तेस्रोमा परिसकेको यो गीत अक्टोबर ३०, २०१२ सम्म 598,061,665 पटक हेरिएको छ । गीत अगष्ट २०१२ मा रिलिज भएको हो र यति छोटो समयमा नै सबैको जिब्रोमा बस्न सफल भइसक्यो । द.कोरियाको गङ्गनम भन्ने स्थानको जीवनशैलीलाई प्रस्तुत गरिएको यो गीत किन यति रुचाइयो! आउनुस् हेरौं ।

ढुङ्गिन युगको धङ्गधङ्गी



ड्यास माओवादीले नेपाली भूमिमा भारतीय गाडी गुड्न नदिने र भारतीय चलचित्रमा पनि रोक लगाउने निणर्य गरे । साँस्कृतिक शुद्धिकरणका लागि केही समय स्वदेशी चलचित्र मात्र चलाउनु वेश भएतापनि चलचित्र चलाउनमा रोक लगाउनुले राम्रो सन्देश चाँहि पक्कै दिंदैन । भारतले आफ्नो भूमिमा नेपाली गाडी चलाउन नदिएको झोंकमा नेपालमा पनि चल्न नदिनु भनेको केटाकेटीमा झगडा पर्दा तँ मलाई तेरो घरमा आउँन दिदैनस् भने मेरो घरमा तँ पनि नआइज भने जसो भयो ।

देशको एउटा ठूलो पार्टीले यस्तो हावादारी विरोध र केटाकेटीपन प्रदर्शन गर्नुले उसको शाख जोगाइराख्न सक्दैन । बरु भारतमा नेपाली गाडी चल्न सक्ने वातावरण बनाउन पहल पो गर्नु बुद्धिमता हुन्थ्यो नि ।