असार १५


दृश्य १

असार १५ को चटारो ! पानी परेकाले रोपाईंको भ्याईनभ्याई । हिलो छ्यापाछ्याप ! धमाधम रोपाईं ।

दृश्य २

मलका लागि पैसा उठाएर काठमाण्डौं आएको यहाँ आए पछि झन् कता हो कता भइयो । कृषि मन्त्रालयसँग पनि कुरो मात्रै मल छैन । 

दृश्य ३

असार १५ लाई रोपाईं दिवसका रुपमा मनाउने प्रयास । स्थान कृषि मन्त्रालय, सिंहदरवार । मन्त्री अनि किसानका नेताले पनि खेत छिर्ने दिन यही मात्र हो । वर्षभरि नै मल अभाव भए पनि आज त होलीको मुडमा हिलो त खेल्नै प¥यो । 

सडक यात्रा 1




आवागमन नै हुन नसक्ने गरी बाटो जाम, छिचोल्दै अगाडि पुग्दा एउटा मोटरसाइक र कार बीचमा रोकिएको थियो । भएछ के भन्दा मोटरसाइकलले ब्रेक लगाउँदा लगाउँदै गाडीको छेउमा छोएछ र कारमा स्क्रयाच भएछ । अनि त के चाहिन्थ्यो र? कारधनी मुरमुरीदैं निस्केर सबै गाडीको डेन्टीङ्ग पेन्टीङ्ग गर्नुपर्ने बताए पछि बाइकवालाको पनि पारो चढेछ, त्यसपछि फिल्मी मुक्कामुक्की कै दृश्य देखियो ।

यत्रो महाभारत भन्नुको कारण चाहिं सानो सानो कुरामा रिसाउने बानी हो । यस्तै प्रसङ्गमा कुरो चल्दा अमेरिका तिर बस्ने साथीले भन्थ्यो दुई गाडी ठोक्कियो भने भनाभन गर्नेस्थिति देखिदैंन रे  ! त्यहाँ, दुईटा गाडी जुधेर गाडीधनी मुरमरीदै हैन हाँस्दै निस्कन्छन् रे आज त मज्जाको मौसम छ भनेर कुरो पो गर्छन रे । यो हामलाई चाहिं उठ्ने बेफ्वाँकको रीस हाम्रो गरिवी अनि अभाव कै कारण हो त!

बिचरा बन्द


जेष्ठ १४ मा संविधान जारी हुने हौवा हुँदा दैनिकका बन्द हुने गर्थे । कुनै कुनै समय त यस्ता थिए कि परस्पर विपरित मागहरु माग्दै एकै दिन पनि बन्द हुन्थे । संविधान त जारी भएन तर बन्द नभएर चाँहि हाइसन्चो भाछ । 

जनताले कुनै हालतमा पनि बन्द स्वीकार्दैनन् भन्ने कुरो यसैबाट प्रमाणित भएकोछ । देशले संविधान नै नपाउनु जतिको पीडा अरु कुनै हुन सक्दैन तर यसमा पनि कसैले नेपाल बन्द गरौं त भनेका छैनन् नि । अब देशमा बन्द नहोस् यही कामना गरौं ।

मापसे जाँच




अलि अगाडि मापसे हट टपिक थियो । यो जाँचले गर्दा धेरै घरका लोग्नेमानिस समयमा घर पुगे, कति रेस्टुरेन्ट नै बन्द पनि भए रे अनि कतिले जेलमा रात काट्न समेत प¥यो । ट्राफिकमा पनि यस कुरा खैलाबैला भयो, नक्कली बिलबाट पैसा असुल भएको कुरो छापामा आए । जे जति चर्चा परिचर्चा भएपनि राम्रो पाटो भनेको मादक पदार्थ (रक्सी)को सेवन पश्चात सवारी चलाउन हुँदैन भन्ने कुरो धेरैका दिमागमा बस्न सकेको छ । अहिले मैले उठाउन खोजेको प्रसङ्ग अलि फरक यस मानेमा छ कि यसको विषय सवारी चलाउने ब्यक्ति नभई जाँच गर्ने ट्राफिकका बारेमा हो । भर्खरैको साँझ कार्यक्रम पश्चात अबेर राति घर फर्कने क्रममा जाँचमा परियो । आफूले मापसे नगरेको हुँदा मलाई डर केही थिएन तर मलाई सोध्ने ट्राफिकको बोली लरबरिएको थियो, मुखबाट गन्ध पनि आईरहेको थियो । हुन त जोखिम चलाउनेलाई नै हो न कि जाँच गर्नेलाई, तैपनि आफ्नो ड्युटीमा रहेको ट्राफिकले रक्सी खानु त कुनै कुराले पनि क्षम्य छैन त्यतिबेला जब उसले नै अरुले खाएको वा नखाएको जाँच गरिरहेको छ ।

ठूला बाइकका तमासा



ठूलो आवाजका साथ बुलेट बाइक छेउबाट हुइँकियो । सम्हालिदैं अगाडि बढें, काठमाण्डौंको सडक उही अनि ट्राफिक जाम पनि उस्तै । अलि पर पुगेपछि अघि हुक्याउँदै हिड्ने सोम सुसेल्दै ट्राफिक बत्ति हरियो हुने समय कुरिरहेको रहेछ, म अलि अगाडि गएर रोकिएँ । अब हेर्नुस त साथी हो बिडम्बना, भटटटट आवाज निकालेर सबैलाई डराउँदैं नागबेली कुदाउने साथीलाई १०० सिसिको मेरो फुच्चे बाइकले भेट्दो त रहेछ । त्यसरी कुदाएर गन्तब्यसम्मै पुग्न सक्ने भए त हुन्थ्यो नि । अनि यी हाम्रा बाटा कस्ता छन् बुझिबुझि बीचबाट छिराएर कुदाउन खोज्ने साथीहरुलाई के भन्नु, त्यस्ता भिमकाय बाइकले खर्च गर्ने तेलको पो माया लाग्यो ।

प्रधानमन्त्रीलाई पत्र


सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीज्यू आज झोरमहांकाल पुग्नु भएछ । जनतासँग गफ्फिनु भएछ, यसले कुनै हदसम्म नेपालीका नैराश्यतालाई दूर पक्कै गर्छ । वावुराम सर हजुर त इन्जिनियर र आर्थिक सवालमा पनि अग्रणी भएकोले तपाईं माथि अझै म जस्ता धेरैको आशा छ । सँगैको बिहारले दोहोरो अङ्कको बृद्धिदर हाशिल गरिरहेको परिप्रेक्षमा ठूला विकासका परिआयोजनालाई पूरा गर्नुस ।

हामीलाई घर पुग्दा बत्ति, धारामा पानी, अलि फराकिला सडक र सहज आवागमन हुने सार्वजनिक यातायात । महिनाको १० हजार कमाएर ५ हजारको भाडा तिर्नुपर्ने र ५ हजारको खानुपर्ने स्थिति छ, बचतको कुरै छोडौं कसरी खर्च धान्ने भन्ने चिन्ता धेरैको छ । माथि भनेको सबै एकै पटक नहोला तर एउटालाई गर्छु भनेर कम्मर कस्नुस । संविधान नहुँदा मलाई घाटा छ तर यस्ता कुरा जुन नहुँदा मलाई बाँच्न गाह«ो हुन्छ ती धेरै मेरा लागि महत्वपूर्ण छ ।

म एक युवा हुँ । मैले विदेशमा मेट्रो चलेको देख्दा आफ्नो देशमा पनि यस्तै होस् भनेर चिताउनु गल्ती हो त? यसका योजना बनिरहेको सुनेको छु र अहिलेको राजनीतिक अस्थिरताले फेरि यस्तो योजनाले धुलो नै चाट्ने त होइन?  ।

राजनीतिक विषयमा मतभिन्नता हुनु स्वभाविक हो तर आर्थिक विकासका सवालमा त सबैको एकै स्वर छ नि तर किन यसले प्राथमिकता नपाउने ? तपाईँहरु ६०१ ले संविधान दिनुभएन अब आर्थिक एजेण्डा दिनुस हाम्रो साथ छ । संसारमा लिखित संविधान नै त नभएर देश चलेका छन् अनि हाम्रामा चाहिं किन रडाको ?

मेरा टोलका र सँगै पढ्ने साथीहरु बिदेशीदा यहाँ गर्नुछ भनेर बाँधे । बाहिर गर्ने परिश्रम यहीं गर्दा यहीं भविश्य छ भनेर बसें । यो मेरो विचार र अठोट पनि बिस्तारै गल्दै छ । अझै पनि सकारात्मक सोचका साथ अघि त जाँदै छु , तपाईंले आर्थिक प्रगतिका बातावरण बनाउनूस् हामीसँगै छौं ।

तपाईको

सुधन सुवेदी