अनिल चित्रकारसँग छलफल


http://www.youtube.com/watch?feature=player_embedded&v=9rQRys-BL-o#!

नयाँ कार्यक्रम गर्ने सोच्दा मलाइ जहिले पनि अनिल दाइले भन्नु भएको कुरा याद आउँछ । एक जना मान्छेले सोच्दा अनि गर्दा धेरै सकारात्मक परिवर्तन आउँछ, धेरै मान्छे त रत्नपार्कको रेलिङ्ग भत्काउन मात्र चाहिन्छ, अहिले रत्नपार्कको रेलिङ्ग त छैन तर हामी केही गर्न लागि परेकाछौं । कीर्तिपुरमा हाम्रो एक सामाजिक संस्था छ, जसले बढी मात्रामा युवा केन्द्रित कार्यहरु गर्दछ । यसको नाम कीर्तिपुर स्वर्यसेवक समाज हो । हामीसँग बस्ने, छलफल गर्ने स्थान छ जहाँ हामी प्राय साझँ भेटिन्छौ । अब हाम्रो बसाइलाई बत्तिले प्रभावित नगरोस् भनेर सौर्य उर्जाबाट चल्ने विद्युत प्रणाली जडान गर्ने सोचलाई सार्थक बनाउन रकम सङ्कलन गर्नुपर्ने स्थिति आएको छ । केही कार्यक्रम गरेर रकम सङ्कलन गर्न पाए अझै राम्रो भनेर अनिल चित्रकार दाइसँगको छलफललाई उपयोग गर्ने जमर्को गरेका छौं ।

अनिल चित्रकारको छोटो चिनारीः

सपना देख्ने तर व्यवहारमा उतार्न नसक्ने धेरैको भिडँमा अनिल चित्रकार फरक देखिन्छन् । उनले ग्रामिण क्षेत्रमा सञ्चालन गरेको सौर्य टुकीको अवधारणाले संसारभर प्रसिद्धि पाएको छ । बिजुली नपुगेका  ग्रामिण क्षेत्रमा मट्टीतेल महँगो हुने वा नपाइने कारणले मानिसहरुले बत्तीसमेत बाल्न नसक्ने अवस्था छ । चित्रकारले र्सौय उर्जाबाट टुकी मात्र बालेनन्, रेडियोको ब्याट्र्रीसमेत चार्ज गर्ने व्यवस्था मिलाए। ब्याट्र्री चार्ज गर्न विद्यालय जानुर्पने योजना ल्याएपछि विद्यार्थीहरु विद्यालय जान बाध्य भए। एउटै योजनाले लाखौं ग्रामिण जनतालाई फाइदा पुगेपछि उनले अशोका फेलोसिप, ग्लोबल लिडर्स एवार्ड, टेक म्युजियम एवार्र्ड जस्ता विश्वप्रसिद्ध पुरस्कार जिते। यी पुरस्कारबाट उनले करिब २ करोड रुपैयाँ पाए। अहिले त्यही पुरस्कारबाट आएको आम्दानीले उनी विभिन्न परियोजनामा काम गरिरहेका छन् । चित्रकार नवीकरणीय ऊर्जा,  प्राकृतिक स्रोत संरक्षण एवं मानवीय सम्पदा संरक्षणा विज्ञ पनि हुन्।

उनै अनिल चित्रकार सँगको Idea Sharing Program मा सहभागिता जनाइदिनुहुन अनुरोध छ ।

विषयः Excelling in Changing Nepal(नयाँ नेपालमा समृद्धि तर्फको यात्रा)
मितिः २०६९ जेष्ठ ३१, वुधवार
समयः साझँ ७ देखि ८ बजे, त्यसपछि खाना
स्थानः होटल हिल साइड, कीर्तिपुर
सहयोग रकमः रु ५०० (पाँच सय) खाना सहित

नेतालाई माइक अनि सम्झौताको कागज देख्नै नहुने




माइक देख्ने बित्तिकै बोल्न सकसकाउने बानी त नेताको पुरानै बानी हो । यसमा अब नयाँ कुरो थपिएको छ–सम्झौताको कागज । परस्पर विरोधी सम्झौतामा पनि सरकारले हस्ताक्षर गर्दिगो, दायाँ बायाँ सोच्ने त समय नै छैन भने जसरी ढ्याङ्ग कि ढ्याङ्ग कि सही ठोक्या ठोकै छन् भले पछाडि त्यसका के जाति आत्मआलोचना गरे पनि । अब त माइक सँगै कागज पनि लुकाउनु प¥यो ।

टिपटपको समोसा र रञ्जना गल्लीको सोडा



खाडी मूलुकतिर हान्निएको जमात हेर्दा भान पर्छ देशमा अब गर्न सकिने चिज नै बाँकि रहेन, भविश्य बनाउन बाहिर नगई नहुने भयो । तर सबै चिज त पक्कै सकिएको छैन, गर्दा यहीं सबथोक हुने पनि रहेछ । टिपटपको समोसा र रञ्जना गल्लीको सोडा यस्ता ठाउँ हो जहाँ खानलाई कुर्नुपर्ने हुन्छ, तैपनि मानिसहरु कुरेर आफ्नो पालो कुर्छन् अनि संयमका साथ खाएर फर्कन्छन् । आफ्नो स्वाद र गुणस्तरलाई कायम राख्न सकेरै यी ठाउँमा मानिसहरु सदाबहार घुइँचो देखिन्छ ।

रञ्जना गल्लीको सोडा पसलकम बस्ने दाइलाई हेर्ने हो भने एक पटकमा हामीले कति काम गर्न सक्ने रहेछौं थाहा हुन्छ । उनले सोडा बनाउने, पैसा लिने र हिसाब गरेर फिर्ता दिने, अर्डर लिने र ग्राहकलाई सोडा दिने सबै काम गर्छन् । गर्मीमा सोडा खानु त रमाइलो हुन्छ नै, सँगै उनको मिहेनत पनि देखिन्छ ।

चुइङ्गमजस्तो संविधानसभा




चुइङ्गमलाई जति चपाए पनि हुन्छ, गुलियो कम हुँदै जाने त हो । हाम्रो संविधानसभाको हविगत यस्तै छ । अर्को ३ महिना लम्ब्याउने कुरो सरकार गर्दैछ । संविधान चाहेजस्तो बनाउने काम गाह«ो पक्कै हो असंभव होइन नि । यो लम्बाइ अन्तिम होओस् ।

संसारका मजदुर एक होऔं




यो नाराले भित्ता रङ्गिएका थिए मइ दिवसका सेरोफेरोमा । नारा एकै हो सधैं दृश्य फरक । संसार कै मजदुरलाई एक हुन अनुरोध गरिराख्दा ०.०३ प्रतिशत भूभाग ओगट्ने हाम्रो मूलुकका पनि होइन पार्टी के मजदुर एकै ठाम्मा जम्मा हुन सकेनन् । नारा त भित्तालाई न हो ।

पर्यटकका कुरा




हिजो एक एफएमसगँको कुराकानीमा पर्यटकलाई त गाह«ो हुने भयो नि भन्ने आशयको प्रश्न थियो । ३ दिन बस्ने पर्यटकलाई दुख अनि ३० वर्षदेखि यहीं जन्मी, हुर्की बस्ने मलाई बन्दले गरिरहेको छ तपाईंलाई थाहा नै छ । बन्दमा पर्यटकलाई कम्तीमा एअरपोर्टबाट होटेल र होटेलबाट एअरपोर्ट पुग्ने सुनिश्चित गर्ने जिम्मा लिने काम गछौं हामीले तर घरदेखि अफिस पैदल नै गर्दैछु । फोहर नउठ्दा रोग लाग्ला भन्ने डर हाम्लाई हो नि, पर्यटक त नाक थुनेर गैहाल्छ नि ।

बृद्ध सहभागिता




बन्दलाई सफल पार्न गरिएको जुलुस अनि सडकमा आसन जमाएर बसेका ब्यक्तिहरुलाई हेर्दा युवा सहभागिता न्यून देखियो । पहिचानको एजेण्डाले बढी फाइदा हुनु पर्ने ठूलो युवा जमातले यो घाममा सडकमा उर्तिनु बेस मानेन । यिनका समय त अमेरिका कसरी जाने, फर्म भर्ने, यावत प्रक्रियामा नै ब्यस्त छ । अब युवालाई नछुने यस्ता आन्दोलनले के गलार्न अनि कहिलेसम्म गरिरहने?

विष्णुमतिको अलाप




थापाथली पुल आइपुग्दा दुर्गन्ध नाकमा ठोक्कियो । हुन त सँधै त्यो ठाउँमा गन्ध आउँथ्यो, आज हिँड्दा बढी समय ब्यथित भएर होला गन्ध धेरै नमिठो आयो । यो गन्धको माहोलमा एउटा कुरा दिमागमा आइरह्यो–अघि साइकलका हावा फुस्काउने हातहरु खोला सफा बनाउन अनि फोहर फाल्नेलाई खबरदारी गर्नमा उठेका भए क्या काइदा हुने थियो । अनि मन्त्रीहरुलाई यहाँबाट नियमित हिंडाउन पाए त उनीहरुलाई पनि थाहा हुने थिए हाम्रो सभ्यताको स्थिति ।

साइकलको हावा




सक्ने त हिँडे, चाँडै पुग्नु पर्नेहरु साइकलमा थिए । पुल्चोकमा सुसेल्दै सडकमा पहरा दिई रहेका जत्थाले साइकल रोक्दै हावा फुस्कायो । साइकलसवारको अनुनय कसले सुन्थ्यो र! उसले आफ्नो समस्या भन्दै थियो जसको सुनुवाइ भएन । हावा फुस्काएको साइकल डो¥याउँदै रिसले रातो फुलेको अनुहार बनाउँदै ऊ आफ्नो गन्तब्य लाग्यो ।  

बन्द डायरी




फुच्चेको डम्फु

हिजो थापाथली आइपुग्दा जुलुस भेटियो । नारा लगाउँदै हिंडेको उक्त जुलुसको आकर्षण थिए–सानो भाई जसको हातमा डम्फु थियो । उनकै डम्फुको सुरमा सबै जुलुसमा मग्न थिए । त्यो सानो भाइको स्कूल बन्द भएर उसलाई जुलुस रमाइलो भइरहेको थियो । उसको भविश्यको चिन्ता कसले लिने?