अभावको उत्तर अराजकता



बजारमा खाना पकाउने ग्याँस पाइएको छैन । सिमित अपर्याप्त संख्यामा आउने सिलिण्डरले धेरै घरहरुमा चुल्हो बल्न पाएको छैन । सिलिण्डर बोकेका गाडीहरु बाटोबाटै अपहरित भएका छन् । अभावले अराजकता ल्याउँछ भन्ने अवस्थाको गहकिलो उदाहरण हो यो ।

सरकारी अनुगमनका क्रममा अर्को अचम्मको कुरा देखियो । ब्यापारीहरुले आएका सिलिण्डरहरुको कालो बजारी गरिरहेको चर्चा त यस्ता अभावमा सधैं चल्ने नै गर्छन् । तर छापाका क्रममा खोजिएको परिमाणमा सिलिण्डर ब्यापारीहरुसँग पनि नभएको पाइयो । ग्याँस नपाए पछि १ सिलिण्डर राख्नेले २ अनि २ हुनेले ४ राखेपछि ब्यापारीहरुसँग पनि नभएको पाइयो ।

जे होस् । अभावमा अराजकता र हातभन्दा बाहिरको परिस्थिति हुनु अगाडि धैर्यता राखौं र दबाब बढाऔं ।


राज्य पूनर्सचना आयोगको सुझाव




राज्य पूनर्सचना आयोगबाट २ वटा सुझाव आयो । विभाजित भएर आए पनि काम त फत्ते भयो । अब सविंधान लेखनको काम एक कदम अगाडि बढेको छ । मतभिन्नताका बीच पनि सहमति खोज्नुको बिकल्प हामीसँग छैन ।