उफ् यो पानी


हिजो सुरु गरेको नियात्रा अगाडि बढाउने मन थियो विहानैदेखि परेको पानीले तहसनहस बनायो । अड्डा आउँदा लगाएको पाइन्ट पूरै भिजेको छ त्यसमाथि बाटामा घँुडासम्म पानी बाइक खाडलमा जाकिएला भन्ने अर्को चिन्ता । यसो सोच्दा लाग्यो मैले लमजुङ्ग मेमे पोखरी जाँदाको यात्रा कै हाराहारीको जोखिम घरबाट अड्डा आउँदा पनि मोलिरहेको छु नि । त्यै भएर यात्रामा के भयो भनेर सोच्न छोडेर आज कै पानीको विषयमा लेख्ने निधो गरेँ ।

पश्चिम पानीले बगेको छ । पहिरोमा धेरै पुरिए । हाम्रो नियति भइसकेको छ पानी र यसले सँगै ल्याउने बिपत्ति । हामीसँग पानी प्रशस्त छ भन्ने पक्का सबूत हो यो । पानीले बत्ति बल्नु पर्ने गाउष नै झलमल्ल हुनु पर्ने हो नि । अस्तिन एक पटक लोडसेडिङ्ग बढ्नुको कारणमा पहिले पानीको सतह कम भएर भनियो पछि पानी बेस्कन पर्यो फेरि धेरै पानीले यान्त्रिक गडबढी आएकाले बिजुली कम हुने सूचना आयो ।

तर यसपालि नयाँ उर्जामन्त्री आए लगतै लोडसेडिङ्ग त धेरै हदसम्म नै कम भयो । बिजुली धेरै चोरिने ठाउँहरुबाट अंकुशेहरु खोसेर लोडसेडिङ्ग कम गर्न सहयोग मिल्यो र पो हामीले धेरै समय बिजुली बाल्न पायौं । यस सन्दर्भमा एउटा कुरो दिमागमा घुमि रहेको छ हामीले सँधै भोग्नु पर्ने दुःखका लागि कारण भनिएको अब्यवस्था त एउटा ब्यक्तिको ईच्छाशक्तिले पनि पार लगाउन सक्तो रहेछ नि । आफ्नो कमजोरी र अकर्मण्यताको दोष अब्यवस्था माथि लादेर अब कसैले उम्कन पाउँदैन । खबरदार ॥

फेरि म……





आज अनायास धेरै समय पछि ब्लगमा केहि लेख्न मन लाग्यो । एक हप्ताको मेमे पोखरीको पदयात्रा पछि आज मात्रै अफिस आएँ-दरफराएको जिऊ लिएर । जुकाले रजाँइ खेलेको खुट्टा र त्यसको परिणाम स्वरुप प्राप्त टाटाहरु आलो रहँदा सम्म कमसेकम यस यात्रालाई भुलिदैन होला । अब यस्तो पदयात्रा गर्न नपरे हुन्थ्यो कम सकसपूर्ण रहेन यो ।


कुन प्रख्यात ब्यक्ति यस्ता यात्रामा कहिले घडि लगाउदैनथे रे घरबाट हिँड्दा मेरो हातमा पनि घडि थिएन । यसको मतलब म ठूलो भन्न खोजेको पक्कै होइन हत्तारमा नभेटिएर हो । हाहाहा………